डिशहोमको रियालिटी शो ‘सुनौलो तारा’ सञ्चालनमा
काठमाडौं, चैत ३
नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभा उजागर गर्न फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रसारण गर्न थालेको छ । नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बालसंस्थामा चार सयभन्दा बढी बालबालिकाहरुको अडिसनपछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको हो । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा गत शनिबारदेखि प्रसारण भएको यो कार्यक्रम हरेक हप्ता शुक्रबार र शनिबार राति ८ः३० बजे प्रसारण हुनेछ ।
रियालिटी टिभी डिशहोमको सम्पूर्ण प्याकेजका ग्राहकहरुको लागि उपलब्ध गराइएको छ । सुशीला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः नगद ५ लाख, ३ लाख र १ लाख रुपैयाँ डिशहोमले प्रदान गर्ने जनाएको छ । अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया