Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदोलखामा जेसीबीको शाखा

दोलखामा जेसीबीको शाखा


दोलखा, चैत ३
जेसीबीको आधिकारिक बिक्रेता एम डब्लु अर्थमुभर्सले दोलखाको चरीकोटमा नयाँ आउटलेट स्थापना गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमका बीच आफ्नो १६औँ शाखा दोलखामा विस्तार गरेको हो । जेसीबीका जिल्लास्थित ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको एफ्टर सेल्स र स्पेयरको सुविधाका लागि आउटलेट सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । जेसीबीको १६औँ शाखाको उद्घाटन गर्दै वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले आगामी दिनमा जेसीबी कम्पनीका प्रयोगकर्ताहरुलाई निकै सहज हुने बताए ।

कम्पनीको सेवा सुविधालाई अझ धेरै प्रभाबकारी बनाउन आग्रह गर्दै अध्यक्ष लामाले ग्राहकमैत्री बनेर भरपर्दो सेवा प्रवाहाका लागि समेत आह्वान गरे । दोलखा र आसपासका क्षेत्रमा विकास निर्माणका कामले तीव्रता पाएसँगै व्यवसायीहरुलाई सहज र सुलभ सेवा गर्न चरीकोटमा आधिकारिक डिलर सञ्चालनमा ल्याइएको जि.डी. निर्माण सेवा एण्ड सप्लायर्सका प्रबन्धनिर्देशक गणेश बहादुर थापाले जानकारी दिए । जेसीबीले चरीकोटसहित नेपालका १६ वटा मुख्य सहरहरुमा आउटलेट सुरु गरिसकेको छ । आवश्यकताका आधारमा अन्य ठाउँहरुमा पनि क्रमशः आउटलेटहरु स्थापना गर्दै लैजाने जेसीबीका डिलर इन्चार्ज डिल्लीराम तिम्सिनाले जानकारी दिए ।

हाल जेसीबी कम्पनीका स्काभेटर, ब्याकहोलर, रोलर, कम्प्याक्टर र लोडअललगायतका उपकरणहरु बजारमा प्रयोग भइरहेको इन्चार्ज तिम्सिनाले जानकारी दिए । उनका अनुसार इन्धन कम खपत हुने मर्मत खर्च कम लाग्ने र भरपर्दो भएका कारण कम्पनीका उपकरणहरु लोकप्रिय रहेका छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको विश्वास बढ्दै गएको कम्पनीले जनाएको छ । जिल्लामा सञ्चालित विभिन्न जलविद्युत्, सडक, पुललगायतका ठूलो आयोजनामा सञ्चालनमा रहेको विभिन्न जेसीबी मेसिनको होम सर्भिसिङ, होम मर्मतको सुविधाको लागि आउटलेट खोलिएको जेसीबीका प्रतिनिधिहरुको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x