चैत २ गतेबाट ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण नियमित हुने
काठमाडौं । कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा यहि चैत २ देखि कमेडी सो मुन्द्रेको कमेडी क्लब नियमित रुपमा उत्पादन गरी सीटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट प्रसारण आउने भएको छ । उक्त सो कान्तिपुर टेलिभिजन र युट्युबमा ओएसआर डिजिटल बाट प्रसारण हुने बताइएको छ ।
उक्त कार्यक्रमको मुख्य प्रायोजकमा सीटी एक्सप्रेस मनि ट्रान्सफर छ भने कार्यक्रमको मार्केटिङ एडी रिलिज प्रालिले गर्दै छ । चैत २ गतेबाट प्रत्येक बिहीबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने मुन्द्रेको कमेडी क्लबका मुख्य कलाकारका रुपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की छन् । त्यसैगरी कलाकारहरु दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ ।
कार्यक्रमको निर्देशन दिनेश डीसीले गर्ने भएका छन् । यस कार्यक्रमबाट हाँसो र व्यङ्ग्यमार्फत परिवार, समाज र आम जनमानस समाजलाई सुसूचित हुने अवसर मिल्ने बताइएको छ । साथै देशका लब्धप्रतिष्ठित विभिन्न विधाको व्यक्तिहरु पाहुनाका रुपमा स्वीकार गरी मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, मनोरञ्जन
ट्याग : #page 3
ताजा अपडेट
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया