पहिलो अन्तर्राष्ट्रिय एओजी राइड : मार्क्यु राइड सुरु
काठमाडौं । नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड : मार्क्यु राइड सुरु भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सद्वारा गठित अपाचे ओनरस्ग्रुप (एओजी) को आयोजनामा बिहीबारदेखि मार्क्यु राइड सुरु भएको हो ।
मार्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी छन् । उक्त यात्रा २१ दिन लामो हुनेछ । पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ । यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन् । कार्यक्रमका लागि पाँच सयभन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका थिए । काठमाडौंबाट सुरु भएको यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसुर, बंगलौर, तिरुपति, विजयवाडा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कलकत्ता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ । राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्नेछन् । यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ ।
अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरु सहभागी रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ । टीभीएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्सल राइड गरी २८ वटा राइड सफलतापूर्वक आयोजना गरेको छ । यी राइडहरु काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, बिर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए । अत्यधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । पर्यटन प्रवर्द्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले पनि यो कार्यक्रमलाई सहयोग गर्ने भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले टीभीएसलाई बोर्डले विज्ञापन र पीएसए मार्फत कार्यक्रमको प्रवर्द्धनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया