मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा शर्मा
काठमाडौं । न्यूरोडको ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरुको संगठनले नयाँ नेतृत्व छनौट गरेको छ । ताम्राकार कम्प्लेक्समा व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुको छाता संस्था मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको नयाँ नेतृत्वमा गुरुदत्त शर्मा सर्वसम्मत चयन भएका छन् । शर्मा यसअघि संघको उपाध्यक्ष र सचिव रहिसकेका छन् ।
अध्यक्ष शर्माको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति समेत सर्वसम्मत चयन भएको छ । जसअनुसार संघको वरिष्ठ उपाध्यक्षमा अनिल ढकाल, उपाध्यक्षमा विवेक शर्मा र कल्पना तिवार, महासचिवमा गोपाल बहादुर क्षेत्री, सचिवमा रमण पराजुली र कोषाध्यक्षमा मोती कोइराला सर्वसम्मत निर्वाचित भएका हुन् । यसका साथै कार्यसमिति सदस्यहरुमा निर्जश कार्की, बलराम कार्की, सरोज गौतम, रविन डागी, सुनिता कार्की, रामदास ठकुरी, निर्मल अर्याल, चन्द्रमान श्रेष्ठ, सपना बानिया चयन भएका छन् । संघको वरिष्ठ सल्लाहकारमा संजीत पौडेल तथा सुदिप बानियाँ चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्षमा शर्माले संघले मोबाइल व्यवसायीको समस्याहरुलाई समाधान गर्दै आगामी दिनमा नयाँ योजनाहरु ल्याउने बताए ।
‘ताम्राकार कम्प्लेक्स देशकै मोबाइल व्यवसायको केन्द्र हो । त्यसैले यहाँका व्यवसायीहरुको समस्या बढ्दा देशभर असर पार्दछ । पछिल्लो समय मोबाइल व्यवसायमा देखिएको अन्य चुनौतीहरुले समेत असर पारिरहेका छ । नयाँ नेतृत्वले सबैसँग मिलेर समस्याहरु समाधान गर्नेछ’, अध्यक्ष शर्माले भने । यसका साथै नयाँ नेतृत्वले ताम्राकार कम्प्लेक्समा विभिन्न प्रवद्र्धनात्मक कार्यहरुका साथै व्यापार व्यवसायीमैत्री गतिविधिहरु गरिने जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया