व्यावसायिक संक्रमणकाल घोषणा गर्न माग
नेपालगञ्ज, चैत ५
नेपालगञ्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस प्रभावित अर्थतन्त्रलाई जोगाउन व्यावसायिक संक्रमणकाल घोषणा गर्न माग गरेको छ । उद्योगधन्दा, कलकारखाना, व्यापार, व्यवसाय र सर्वसाधारणको दैनिक जीवनमा समेत प्रतिकूल असर पार्ने कोरोना भाइरस प्रभावित समयसम्मका लागि व्यावसायिक संक्रमणकालको घोषणा गरी सहुलियत प्रदान गर्न संघले सरकारको गम्भीर ध्यानार्कषण गराएको हो । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएको कोरोना भाइरसका कारण सम्पूर्ण जनमानसमा त्रास उत्पन्न भएको र अर्थतन्त्रमा गम्भीर धक्का पुग्ने अवस्था सिर्जना भएको बताएका छन् ।
‘कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको प्रभावले पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज पनि अछूतो छैन । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० समेत स्थगन गरिसकेको अवस्था छ । पूर्वसावधानीका कारण आयात निर्यात कार्य लगभग ठप्पजस्तो हुँदै छ भने राज्यभित्र सन्चालनमा रहेको उद्योग व्यवसाय समेत धरासायी बन्न सक्ने भयावह अवस्था हामीसामु देखिँदै छ’, संघको विज्ञप्तिमा भनिएको छ ।
राज्यले अंगीकार गरेको नीति, नियमलाई आत्मसात् गरी व्यवसाय सञ्चालन गर्दै आइरहेका उद्योगी, व्यवसायीहरुले उद्योग कलकारखाना तथा व्यवसाय सञ्चालनार्थ लिएको ऋणको ब्याज तिर्न हालको र अवको परिस्थिति अनुकूल नदेखिएको बताउँदै संघले एकातर्फ आवतजावत, सभा सम्मेलन एवं सामूहिक क्रियाकलापहरु नगर्न सरकारका तर्फबाट अनुरोध भएको अवस्था छ भने अर्कोतर्फ कच्चा पदार्थ आयातमा कठिनाइ तथा वित्तीय संस्थाबाट लिएको ऋण ब्याज समयमै तिर्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण व्यवसायी निराश भएको संघले बताएको छ ।
साथै चैतसम्म बुझाउनुपर्ने दोस्रो किस्ताबापतको आयकर तिर्नसम्म नसक्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । नेपालगञ्जसँग सीमा जोडिएको भारतको उत्तरप्रदेश राज्यमा समेत कोरोनाको संक्रमण बढ्दै गएको परिस्थितिमा सचेत र सजग बन्दै खुल्ला सीमाना हुँदै नेपाल भित्रिने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानलाई अझ प्रभावकारी बनाउनका लागि अपिल गर्दै संघले कोरोना भाइरसको संक्रमण रोक्ने सरकारी अभियानमा पूर्ण साथ र समर्थन रहने संघले जनाएको छ ।
साथै दैनिक उपभोग्य सामग्रीहरु सर्वसुलभ रुपमा उपलब्ध गराउन र कुनै प्रकारको समस्या सिर्जना हुन नदिनु हुन सम्पूर्ण उद्योगी, व्यवसायीलाई अपिल गरेको छ । उपभोक्ता वर्गले अभाव हुने आशंकामा आवश्यकताभन्दा बढी खरिद र भण्डारण नर्गन पनि संघले आह्वान गरेको छ । यस्तै होटल व्यवसायी संघ, बाँकेका अध्यक्ष भिमलाल कँडेलले एक प्रेस विज्ञप्ति जारी गरी सहुलियत दिन माग गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया