लाइफबोई ‘द भ्वाइस किड्स नेपाल’को हाइजिन पार्टनर
काठमाडौं । लाइफबोईले सांगीतिक कार्यक्रम ‘द भ्वाइस किड्स नेपाल’ को दोस्रो सिजनसँग आफ्नो सहकार्यको घोषणा गरेको छ । लाइफबोईलाई शोको हाइजिन पार्टनरको रूपमा सहभागी सबै प्रतियोगी, निर्णायक र क्रू मेम्बरहरूको स्वास्थ्य सुरक्षा र स–कुशलतालाई प्रोत्साहन गर्ने जिम्मेवारी दिइएको छ ।
यसैक्रममा लाइफबोईले यस कार्यक्रमका दर्शकहरुलाई जीवनमा स्वच्छ र स्वस्थ्य बानीबारे सचेत गराउँदै यसको महत्वलाई स्थापित गर्ने लक्ष्य राखेको पनि जनाएको छ । द भ्वाइस किड्स नेपाल विश्वव्यापी गायन रियालिटी शो द भ्वाइस किड्सको नेपाली संस्करण हो । यस कार्यक्रमको पुनरावृत्तिका जजहरू मिलन नेवार, प्रविशा अधिकारी, सुशान्त केसी र प्रमोद खरेल रहेका छन् । कार्यक्रमको पहिलो एपिसोड यही फागुन २६ गते प्रसारण हुने बताइएको छ । साथै यो कार्यक्रम हप्ताको दुई दिन प्रत्येक शुक्रबार र शनिबार हिमालय टिभीमा रातिको ८ बजे प्रसारण हुनेछ ।
लाइफबोई एक विश्वव्यापी प्रसिद्ध साबुन ब्रान्ड हो, जुन मानिसहरूले सरसफाइ, स्वास्थ्य र हात धुनका लागि प्रयोग गर्दै आएका छन् । लाइफबोईको सुरु सन् १८९४ मा भएको थियो । उक्त समय विलियम लिभरले एक उत्पादन सिर्जना गरेर यसको सुरुवात गरेका थिए । जसले किफायती रूपमा हाइजिनिक आवश्यकताको पूर्ति गर्न मद्दत ग-यो । यसको हाइजिन प्रवर्द्धन गर्ने र रोगको फैलिनबाट रोक्ने प्रतिबद्धता आजसम्म विश्वमा प्रचलित छ । लाइफबोई अहिले संसारको सबैभन्दा लोकप्रिय साबुन ब्रान्ड हो, जसले मानिसहरूलाई सर–सफाइमा उत्प्रेरित र शिक्षित गर्नुका साथै साबुनले हात धुनेको फाइदाहरू प्रवर्द्धन गर्ने उद्देश्य राख्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया