हुन्डाईको नयाँ ग्रान्ड आई१० निओसको फेसलिफ्ट भर्सन नेपाली बजारमा
काठमाडौं । हुन्डाईको नयाँ ग्राण्ड आई१० निओसको फेसलिफ्ट भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ह्याचब्याक सेग्मेन्टमा आफ्नो लोकप्रिय मोडल ग्रान्ड आई१० निओसको फेसलिफ्ट भर्सन भित्र्याएको हो ।
कम्पनीको अनुसार यसका पूर्वमोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो । पूर्वमोडलको तुलनामा ह्याचब्याकको प्रतिस्पर्र्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षाजस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ । हुन्डाई ग्राण्ड आई१० निओस समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरूसहित तयार गरिएको छ । गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलोपटक राखिएको विस्तारित एलईडी टेल लाइट जडित लाइटबारले नयाँ ग्राण्ड आई१० निओसलाई विशिष्ट स्वरूप दिएको छ । त्यस्तै ग्राण्ड आई१० निओसको अघिल्लो भागमा रहेको पेन्टेड कालो रेडिएटर ग्रिल र एलईडी डेटाईम रनिङ ल्याम्पले गाडीलाई अझ बढी स्टाइलिस र स्पोर्टियर बनाएको छ । साथै यसको १५ इन्च डुअल टोन स्टाइल गरिएको स्टिल ह्विल, प्रोजेक्टर हेड ल्याम्प, शार्क फिन एन्टेना र रूफ रेलले यसलाई अझ बढी आकर्षक बनाएको छ ।
सुरक्षाको हिसाबले नयाँ ग्राण्ड आई१० निओस पहिलेभन्दा पनि बढी परिष्कृत र नवीनतम भएको छ । पहिलेभन्दा अझ बलियो र सुरक्षित उन्नत उच्च शक्ति स्टिलद्वारा तयार गरिएको नयाँ ग्राण्ड आई१० निओसमा चालक तथा यात्रुको सुरक्षाको लागि चारवटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट, हिल स्टार्ट असिस्ट कन्ट्रोल, रियर पार्किङ क्यामेरा र अडियोमा डिस्प्ले लगायतका विशिष्ट फिचरहरु समावेश गरिएको छ । साथै यो फेसलिफ्ट मोडलमा स्पिड अलर्ट सिस्टम, बर्गलर अलार्म, रियर डिफोगर, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक, स्पिड सेन्सिङ अटो डोर लक, हेडल्याम्प एस्कर्ट सिस्टमसँगै आपत्कालीन रोक संकेतलगायतका प्रविधि सम्पन्न सुरक्षा विशेषता छन् ।
नयाँ ग्राण्ड आई१० निओसमा डुअल टोन ग्रे इन्टेरियर, सेमी फेब्रिक सिट दिएको छ भने टिल्ट स्टियरिङ, कुल्ड ग्लोभ बक्स, फुटवेल लाइटिङ, ८ इन्च इन्फोटेनमेन्ट सिस्टम, रियर यूएसबी चार्जरले चालक र प्यासेन्जरलाई आरामदायी यात्राको अनुभव गराउनेछ । यस्तै यसमा रहेको वायरलेस फोन चार्जर, फास्ट यूएसवी टाइप सी चार्जर, क्रूज कन्ट्रोल, आवाज पहिचान, एप्पल कारप्ले र एनरोइड अटोजस्ता फ्युचरिस्टिक फिचरहरुका कारणले प्रविधिमैत्री कारको रूपमा पनि छुट्टै मानक स्थापित गरेको छ । नयाँ ग्राण्ड आई१० निओस १.२ लिटर पेट्रोल इन्जिन पावरमा उपलब्ध छ । १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो ह्याचब्याकको पावरसँगै उत्कृष्ट पर्फर्मेन्सको कारण यसमा उत्साहजनक ड्राइभिङ्ग अनुभव पाउन सक्नेछन् । यो एमटी अप्सनमा इरा, माग्ना र स्पोर्ट्ज भेरियन्टमा उपलब्ध रहने कम्पनीले जनाएको छ । यसको मूल्य २९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ । नयाँ ग्राण्ड आई१० निओसले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास कम्पनीले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया