Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा

प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा


काठमाडौं । अल्को–वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले होलीको अवसर पारेर सो बियर नेपाली बजारमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो । चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु–रो माल्टबाट बनेको यो बियरको स्वाद अरू बियरभन्दा नयाँ र रिफ्रेसिङ भएको कम्पनीले जनाएको छ । ‘फर द वन हु डेयर्स’ नारामा लन्च भएको सो बियरमा छ प्रतिशत अल्कोहल रहेको कम्पनीले जनाएको छ ।

यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने विश्वास कम्पनी लिएको छ । कम्पनीका अनुसार अहिलेको प्रतिस्पर्धी बियर बजारमा ग्राहकहरूले नयाँ–नयाँ स्वादका बियर रुचाउने गर्दछन् ।  हिमालयन बियर ३३० एमएल र ६५० एमएल बोतलमा उपलब्ध हुनेछन् । यस बियरको ६५० एमएलको बोतलको मूल्य तीन सय १० रुपैयाँ र ३३० एमएलको बोतलको मूल्य एक सय ६५ रुपैयाँ कायम गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया