‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को काठमाडौं अडिसन चैतमा
काठमडौं । ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को काठमाडौं अडिसन चैत ४ र ५ गते हुने भएको छ । आयोजक कम्पनीको अनुसार अडिसन एक हप्ता पछाडि सरेको हो ।
फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सकिने आयोजकले जनाएको छ । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउनुपर्नेछ ।
त्यसबाहेक ‘मेरो डान्स युनिभर्स’को सांस्कृतिक समूह विधामा सहभागी हुन चाहनेले पनि एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ । अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ । यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालिटी शोहरु हुन् । आयोजकका दुवै शोका विजेताहरुले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै ‘डान्स युनिभर्स’को सांस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ, फस्र्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरेपेली देशहरुबाट पनि नेपालीभाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया