Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनारी दिवसमा इसेवाको विशेष अफर

नारी दिवसमा इसेवाको विशेष अफर


काठमाडौं । इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्वजनिक गरेको छ । अफरअन्तर्गत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा इसेवासँग सहकार्य (इन्ट्रिगेसन) गर्दा इन्ट्रिगेसन शुल्क लाग्नेछैन ।

यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्ट्रिगेसन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यै पनि इन्ट्रिगेसनको शुल्क नलाग्ने बताइएको छ । यसैगरी नारी दिवसको दिन बुधबार नारीहरुले इसेवामार्फत एनटीसी तथा एनसेल मोबाइलको टपअप गर्दा फ्ल्याटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था इसेवाले मिलाएको छ ।

यसको लागि टपअप गर्दा प्रोमोकोड नारी प्रयोग गर्नुपर्नेछ । देशको आधा जनसंख्या ओगटेका नारीहरूको सम्मानमा इसेवाले यस किसिमको छुुट सुविधा ल्याएको हो । इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आईओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्समार्फत आमनेपालीलाई सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया