Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारआईएमई अटोमोटिभ्सको ‘महिला सशक्तीकरण अभियान’

आईएमई अटोमोटिभ्सको ‘महिला सशक्तीकरण अभियान’


काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभले महिला सशक्तीकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत सैद्धान्तिक एवम् व्यावहारिक ज्ञानसहितको निःशुल्क तालिम प्रदान गरिनेछ ।

उक्त तालिममार्फत महिलाहरूलाई ब्याकहो लोडर चलाउने सीप हासिल गर्न, सवारीसाधनको इजाजतपत्र प्राप्त गर्न मद्दत गर्न साथै सम्बन्धित क्षेत्रमा सुरक्षित रोजगारीका अवसरहरू खोज्न मद्दत गर्ने उद्देश्य कम्पनीले लिएको छ । यस्ता अभियानहरुले महिला सशक्तीकरणमा जोड दिँदै परम्परागत मान्यतामा परिवर्तन आउने कम्पनीले विश्वास लिइएको छ । आईएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने आफूहरुको विश्वास रहेको बताए ।

उनले भने, ‘यो निःशुल्क तालिम प्रदान गरेर हामी महिलाहरूलाई सशक्तीकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौँ ।’ कम्पनीका अनुसार यो अभियान सबै पृष्ठभूमि र उमेरका महिलाहरूका लागि खुला हुनेछ । तालिमको अन्त्यमा, सहभागीहरूले पूर्णताको प्रमाणपत्र प्राप्त गर्नेछन्, जसलाई सम्भावित रोजगारदाताहरूलाई आफ्नो नयाँ प्राप्त सीपहरू प्रदर्शन गर्न प्रयोग गर्न सकिनेछ ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया