नेपाल क्लियरिङ्ग हाउसमा जोडियो सहकारी क्षेत्र
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)बीच सम्झौता भएको हो । काठमाडौंको सोल्टी होटलमा जारी सीईओ वर्कशपमा दुई पक्षबीच सम्झौता भएको हो ।
सम्झौतामा एनसीएचएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै नेफ्स्कूनले निर्माण गरेको मीरा ईआरपी सफ्टवेयर प्रयोग गर्ने संस्थाका सदस्यहरुले बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर, बैंक तथा वित्तीय संस्थाबाट सहकारीमा रकम ट्रान्सफर, बीमाको प्रिमियम भुक्तानी, विभिन्न सरकारी भुक्तानी, फोन रिचार्ज, खानेपानी, बिजुली लगायतको युटिलिटी भुक्तानी गर्न सकिनेछ । एनसीएचएलका सीईओ प्रधानले नेफ्स्कूनमार्फत सहकारी क्षेत्रमा प्रवेश गर्न पाउँदा खुसी लागेको बताए । प्रत्येक संस्थासँग एनसीएचएल जोडिन नसकिने र नेफ्स्कूनसँग जोडिएपछि समग्र बचत तथा ऋण सहकारी संस्थाले सेवा लिन सकिने बताए ।
सम्झौताले बचत तथा ऋण सहकारी संस्थाहरुको डिजिटाइजमा कोशेढुंगा साबित हुने नेफ्स्कूनका सीईओ पोखरेलले बताए । सीईओ वर्कशपमा प्रधानले ‘वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौती’ विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै प्रधानले सहकारी संस्थाहरुले पुराना प्रविधिहरु नपछ्याएर नयाँ प्रोडक्ट दिन सक्नुपर्ने बताए । अनलाइनबाटै कर्जा प्रवाह गर्ने प्रविधि समेत सहकारीले प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया