निर्माण भएको छ महिनासम्म पनि डम्पिङ साइट प्रयोगविहीन
बीरगञ्ज, चैत ७
छ महिनाअगाडि निर्माणकार्य सम्पन्न भएको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) प्रयोगविहीन भएको छ । एसियाली विकास बैंकको सहयोगमा मझौला सहर एकीकृत वातावरणीय सुधार आयोजनाअन्तर्गत सन् २०१६ अप्रिलमा सुरू भएको फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट)को निर्माण चिनियाँ कम्पनी जेडईईसीले लिएको थियो । उक्त कम्पनीको नेपाल प्रतिनिधि पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारले डम्पिङ साइडको निर्माणकार्य छ महिनाअगाडि नै सकिएको जानकारी दिए ।
दुई वर्षमा निर्माणकार्य सम्पन्न हुनुपर्ने यो योजना डेढ वर्ष ढिलो भएको थियो । निर्माण सम्पन्न भए पनि प्रयोगमा भने अझै आउन सकेको छैन । फोहोर व्यवस्थापनको लागि मगाइएको तीनवटा सवारीसाधन भन्सारमा अड्किएको कारण प्रयोगमा नआएको बताइएको छ । करिब ४९ करोड रुपैयाँको लागतमा निर्माण भएको फोहोर व्यवस्थापन केन्द्रको लागि सात महिनाअगाडि तीनवटा यान्त्रिक उपकरण भारतबाट भित्र्याइएको थियो ।
रक्सौल कस्टमबाट सहज प्रवेश गरेको सो उपकरण नेपाल भन्सारले एजेन्टमार्फत नझिकाइएको भन्दै हालसम्म रोकिराखेको छ । भन्सार विभागबाट यसको छिनोफानो हुनपर्नेमा छ महिनासम्म टुङ्गो नलागेको छैन । फोहोर व्यवस्थापन केन्द्रको प्रयोगमा नआउँदा अहिले पनि वीरगञ्जबाट दैनिकरूपमा निस्किने फोहोर श्रीसिया खोलाको वरिपरि फाल्नेक्रम जारी छ । वीरगञ्ज महानगरबाट दैनिक ७० मेट्रिकटनको हाराहारीमा फोहोर संकलित हुन्छ । सो फोहोर ठाराब क्याम्पसको पछाडि र मितेरी पुलनजिक फालिँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया