सामसङको ग्यालेक्सी एम०४ को प्रिअर्डर खुल्ला
काठमाडौं । सामसङले ग्यालेक्सी एम०४ को प्रि–अर्डर दराज एपबाट खुल्ला गरेको छ । लोकप्रिय ग्यालेक्सी एम सिरिजको पछिल्लो संस्करण ग्यालेक्सी एम०४ मा भएको ¥याम प्लस सुविधाले आठ जीबीसम्म ¥याम बढाउन सकिने कम्पनीले जनाएको छ ।
-याम प्लसले प्रयोगकर्ताहरुलाई आवश्यककताबमोजिम -यामको स्टोरेज वृद्धि गर्ने सुविधा प्रदान गर्दछ । यसैगरी ग्यालेक्सी एम०४ मा एक टीबीसम्म स्टोरेज वृद्धि गर्न सकिने सुविधा पनि रहेकोले प्रयोगकर्ताहरुले स्टोरेजको चिन्ता लिन नपर्ने कम्पनीको भनाइ छ । यसमा मिडिया टेक हेलियो पी३५ प्रोसेसर जडित छ, जुन २.३ गिगाहर्जसम्म चलाउन सकिन्छ । प्रयोगकर्ताहरुले परिष्कृत कार्यसम्पादन, सहज मल्टिटास्किङ, सजिलो एप नेभिगेसन र निर्बाध गेमिङ पनि अनुभव गर्ने कम्पनीको दाबी छ । यस्तै यो फोनमा ६.५ इन्चको डिस्प्ले छ ।
कम्पनीका अनुसार ठूलो स्क्रिनले टेक–सावी प्रयोकर्ताहरुलाई सोसल मिडियाहरु सजिलैसँग प्रयोग गर्न मद्दत गर्दछ । चलचित्रप्रेमीहरुले विना कुनै रोकावट आफ्नो मन पर्ने फिल्मको आनन्द लिन सक्छन् । यो फोनमा पाँच हजार एमएएच ब्याट्री रहेको छ । यस्तै एम ०४ ले पावर–बचत मोडलाई समर्थन गर्दछ । ब्याट्री ५० प्रतिशतभन्दा माथि छ भने स्वचालित रुपमा पावर सेभिङमा जाने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एम०४ को मूल्य ४/६४ जीबी भेरियन्टमा १५ हजार चार सय ९९ रुपैयाँ र ४/१२८ जीबी भेरियन्टमा १७ हजार चार सय ९९ रुपैयाँ तोकिएको छ । यो फोन २ प्रचलित रङ्ग, हरियो र निलोमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो फोन केवल दराज एपबाट मात्रै प्रि–अर्डर गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया