‘टेलिकमको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढ्यो’
काठमाडौं । नेपाल टेलिकमले पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका कम्पनीका उपकरण र संरचनामा क्षति पु-याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको पाइएको जनाएको छ ।
कम्पनीका उपकरण र संरचनामा क्षति हुँदा निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । उनले मंगलबार एक विज्ञप्ति जारी गरी यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको उल्लेख गरेका छन् । यदि कुनै स्थानमा सेवा अवरुद्ध हुने गरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पु-याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्न पनि कम्पनीले आग्रह गरेको छ । ‘ग्राहक सेवामा प्रतिबद्ध’ र ‘राष्ट्रको सञ्चार’को रुपमा रहेको नेपाल टेलिकमको सेवालाई आगामी दिनमा अझै गुणस्तरीय र भरपर्दो बनाउने कार्यमा सबैको सहयोग प्राप्त हुने कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न स्थानमा विभिन्न उपकरण र संरचना प्रयोग गरी सेवाग्राहीहरुलाई विविध प्रकारका दूरसञ्चार सेवाहरु उपलब्ध गराइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया