आयल निगमले किन्यो बीवाईडीको अल न्यू ई६
काठमाडौं । नेपाल आयल निगमले विद्युतीय गाडी खरिद गरेको छ । निगमले बीवाईडीको अल न्यू ई६ खरिद गरेको हो । बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले निगमले खरिद गरेको तीन युनिट अल न्यू ई६ गाडी एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।
नेपाल आयल निगमको दिगोपना र वातावरणीय जिम्मेवारीअनुरुप नै अल न्यू ई६ को खरिद प्रक्रिया अगाडि बढेको हो । शून्य उत्सर्जन र कम सञ्चालन खर्च रहेका ई६ सवारी साधनहरु धेरै नै प्रभावकारी र वातावरणमैत्री रहेका छन् । निगमका प्रोजेक्ट र आईटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सुरज शाहका अनुसार दिगोपनाको लागि प्रतिबद्धताअनुरुप इलेक्ट्रिक सवारीसाधनहरुमा लगानी गरिएको हो । साइमेक्स इन्क प्रालिका प्रबन्धनिर्देशक यमुना श्रेष्ठले अल न्यू ई६लाई निगमले खरिद गर्नुले देशको पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने र विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने महत्वपूर्ण कदमको रुपमा लिने बताइन् । अल न्यू ई६ नेपालमा सबैभन्दा लामो रेन्ज भएको ईभी हो । यसको सिंगल चार्जमा ५२२ किमिसम्म रहेको छ । यसमा स्टेट अफ द आर्ट ब्लेड ब्याट्री टेक्नोलोजी रहेको छ जसले सुरक्षा, भरपर्दो, परफरमेन्स र पावर डेन्सिटीमा नयाँ बेन्चमार्क सेट गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया