Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगब्याजदर एकल अङ्कमा ल्याउन हानको माग

ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग


काठमाडौं,होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ (हान)ले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको हो ।

आज पत्रकार सम्मेलन गर्दै हानले कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको अवस्थामा कर्जाको चर्को ब्याजदरले थप समस्या सिर्जना गरेको बताएको छ । हानले होटल क्षेत्रमा प्रवाह भएको कर्जाको पुर्नसंरचना तथा पुनर्तालिकीकरण गर्न समेत आग्रह गरेको छ ।

अहिले केही होटल सञ्चालनमा रहे पनि चालू खर्च धान्न समेत नसक्ने अवस्था आएको हानको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया