कियाको ‘कारेन्स’ नेपाली बजारमा
काठमाडौं । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एपिभी कारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो ।
कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार भनेको छ । ‘कारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प हो,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘यो आधुनिक परिवारले आदर्श मान्न सक्ने कारको लागि आवश्यक पर्ने सेफ्टी, स्पेस र स्टाईलको रुपमा आएको छ ।’ किया कारेन्स भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईसीओटीवाई) २०२३ अवार्ड प्राप्त एमपीभी हो । हालै सम्पन्न भारतको सबैभन्दा महत्वपूर्ण पुरस्कार ईकोटीको १८औँ संस्करणमा एमपीभीले किया कारेन्सलाई उक्त अवाड प्रदान गरेको हो । गत जनवरीमा भारतमा सात हजार नौ सय थान कारेन्स बिक्री भएको छ । यसअघि सन् २०२२ को जुनमा सात हजार आठ सय ९५ युनिट बिक्री भएको थियो । एक वर्षअघि बजारमा आएयता भारतमा ७० हजार छ सय ५६ युनिट कारेन्स बिक्री भएको छ ।
कारेन्सको सबैभन्दा उल्लेख्य विशेषतामध्ये एक यसका १० रोबुस्ट हाई–सेफ्टी प्याकेज हो, जुन सबै भेरियेन्टमा स्ट्यान्डर्ड रुपमा आउँछन् । यसमा छवटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल ह्विल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर पर्छ । यो दुईथरि पेट्रोल इन्जिनमा उपलब्ध छ, एउटा ११५ विएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर र अर्को १४० बीएचपी र २४२ एनएम टर्कयुक्त १.४ लिटर । ६ स्पिड म्यानुअल भने १.५ लिटर पेट्रोलमा मात्र प्रदान गरिएको छ । १.४ लिटर टर्बो पेट्रोलमा सात स्पिड डीसीटी अप्सन छ । कारेन्स ११५ विएचपी तथा २५० एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध छ । यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ । लक्जरी प्लस ट्रिममा स्टियरिङमा जडित प्याडल सिफ्टर पनि छ, जसले सात स्पिड डीसीटी वा छ स्पिड अटोमेटिकमा पुगेका बेला काम गर्छ ।
कारेन्सका विशेषताहरुमा १९५ एमएम ग्राउन्ड क्लिरियन्स, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रूमेन्टेसन, सनरुफ, दोस्रो र तेस्रो रो लागि हावाको स्पिड एडजस्ट गर्न मिल्ने छतमा जडित एयरकन भेन्टस, सिट पछाडि जडित ट्याब्लेट र स्मार्टफोन नोचयुक्त कपहोल्डर सहितको ट्रे टेबल, भेन्टिलेटेड फ्रन्ट सिटहरु, ६४ कलर एम्बियन्ट लाइटिङ, एयर प्युरिफायर, बोस अडियो सिस्टम, वान टच सेकेन्ड रो टम्बल आदि पर्छन् । यसले कारमा आवश्यक पर्ने सबै स्पेस प्रदान गर्दछ । यो सात सिटर कन्फिगरेसन, ठूलो बुट स्पेस, दुई सय १६ लिटरको लगेज स्पेससहित आएको छ । तेस्रो रो फोल्ड गर्दा लगेज स्पेसलाई छ सय ४५ लिटरसम्म बढाउन सकिन्छ ।
कम्पनीका अनुसार कारेन्स प्रिमियमको मुल्य ४८ लाख ९० हजार रुपैयाँ र कारेन्स प्रस्टिज ५२ लाख ९० हजार रुपैयाँ रहेको छ । कियाले नेपाली कारप्रेमीमाझ आफूलाई भरपर्दो र विश्वसनीय ब्रान्डको रूपमा स्थापित गरेको छ । कम्पनीले नेपाली बजारको विविध आवश्यकता पूरा गर्ने इनोभेटिभ, आधुनिक र स्टाइलिस्ट गाडीहरू निरन्तर उपलब्ध गराउँदै आएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया