Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिला नेतृत्व शिखर सम्मेलनको तयारी पूरा

महिला नेतृत्व शिखर सम्मेलनको तयारी पूरा


काठमाडौं । नेपाल उद्योग परिसंघले आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनको तयारी पूरा भएको छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा चैत ११ र १२ गते हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिईएको छ । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको रहेको परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए । सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने उनले बताए । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छायाँ शर्माले बताइन् । उनले विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरको सहभागिता सुनिश्चित भइसकेको जानकारी दिइन् ।

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पु-याएका दुई जना महिलालाई सम्मान गरिनेछ । साथै, उद्यमशीलता प्रवद्र्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ । दुई दिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण समेत गरिने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया