निसान गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने
काठमाडौं । निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।
दुई संस्थाबीच भएको सम्झौतापत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्प प्रालिको तर्फबाट सहमहाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ । यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ ।
सम्झौताअनुसार, योजना सबै नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ । ईभीको लागि बेस रेट ३.५० देखि पाँच प्रतिशतसम्म हुनेछ भने सात वर्षको अवधि हुने बताइएको छ । २० प्रतिशतको डाउन पेमेन्टमा, ग्राहकहरू अब निसान ईभीको मालिक हुनसक्ने कम्पनीको भनाइ छ ।
अहिले नबिल बैंकको देशभरका २४८ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक बिक्रेता र नबिल बैंकका सबै शाखाहरुबाट नेपालभर लागू हुने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया