नेपाल टेलिकमका अनलिमिटेड सस्ता डाटा प्याक
काठमाडौं, चैत १०
नेपाल टेलिकमलले अनलिमिटेड सस्ता डाटा प्याक उपलब्ध गराइरहेको जनाएको छ । टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ । वान आवर अनलिमिटेड प्याकमा एक घण्टासम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिन्छ । जम्मा २० रुपैयाँमा यो प्याक उपलब्ध हुनेछ । यसबाट एक घण्टासम्म जति पनि डाटा चलाउन वा कुराकानी गर्न पाइनेछ ।
यसका लागि सिधै स्टार१४१५स्टार८ह्याक्स डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्न सकिन्छ । त्यसैगरी यो प्याक लिनका लागि अंग्रेजीमा एफडिप्याक लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । ‘अनलिमिटेड नाइट डाटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ ।
रातको समयमा डाटा चलाउनु पर्ने व्यक्तिहरुका लागि यो प्याक निकै उपयोगी छ । एक रातका निम्ति ‘अनलिमिटेड नाइट डाटा प्याक’ लिनका लागि स्टार१४१५स्टार३ह्याक्स मा र ७ रातका लागि लिन स्टार१४१५स्टार२ह्याक्स२ मा डायल गर्नुपर्छ । त्यसैगरी एक दिनको प्याकका लागि एनयूएनएल र ७ दिनका लागि भए यूएनएल७ टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । नेपाल टेलिकमको वेबसाइटमा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने डाटा प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया