‘हुन्डाईसँग नयाँ वर्ष’ योजना सार्वजनिक
काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्षलाई मध्यनजर गर्दै उक्त योजना ल्याएको हो । यो योजना सोमबारदेखि सुरु भएको कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत, ग्राहकहरुले पाँच लाख रुपैयाँसम्मको आकर्षक नगद छुट पाउनेछन् । यसका साथै गाडीको निर्माण वर्षको आधारमा दुई लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म जस्ता आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । यस्तै ग्राहकहरुले गाडी खरिद गर्दा थप एक वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । यसैगरी सबै हुन्डाई गाडीहरु तीन वर्ष वारेन्टी, छ वर्षको फ्रि–सर्भिसिङ, निःशुल्क सडक कर भुक्तानीलगायतका सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
हुण्डाईले गएको महिना मात्रै भेन्यू र निओस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरी फाइदा लिन सक्नेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याउने गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया