अनलाइन गाडी रेन्टको सुविधा दिँदै सजिलो रेन्टल
काठमाडौं । सजिलो रेन्टलले नेपालमै पहिलोपटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकहरुले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरुले सजिलै गाडी भाडामा दिन सक्छन् ।
सन् २०२१ को जनवरी महिनामा लन्च भएको यो एपले गाडी आवश्यक भएका ग्राहकलाई सफा, स्वच्छ र आरामदायी कार, जीप, हायस, कोस्टर तथा पर्यटकीय बसहरु सजिलो गरी उपलब्ध गराउँदै आएको छ । गाडी रिजर्भका लागि दुविधामा परेका मानिसहरुलाई लक्षित गरी यो सेवाको विकास गरिएको कम्पनीका संस्थापक दामोदार फुँयालले बताए ।
यात्राको क्रममा हुने जोखिम न्यूनीकरणका लागि ग्राहकले रिजर्भ गर्ने गाडीमा अनुभवी ड्राइभर उपलब्ध गराइने कम्पनीले जनाएको छ । ग्राहकले न्यूनतम चार घण्टादेखि एक महिना वा त्योभन्दा बढी समयका लागि आवश्यक परेको कार, स्कर्पियो, हायस वा बस भाडामा लिन सक्छन् । यस्तै सवारीधनीले सहज र सरल ढङ्गबाट आफ्नो आम्दानी बढाउन सक्नेछन् ।
पछिल्लो समय कम्पनीले ‘कारपुल’ को समेत व्यवस्था गरेको छ । कारपुल भनेको गाडी यात्राको साझेदारी हो, जसमा एकभन्दा बढी व्यक्तिले न्यूनतम मूल्यमा यात्रा गर्न पाउछन् ।
सञ्चालनमा आएको एक वर्षमा नै कम्पनीले नेपालभर करिब दुई हजार पाँच सय गाडीबाट सेवा प्रदान गरिरहेको जनाएको छ । सजिलो रेन्टलले नेपालका सातै प्रदेशका प्रमुख सहरहरु पोखरा, चितवन, बुटवल, धनगढी, नेपालगन्ज, इटहरी, बिर्तामोड र काठमाडौँमा सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया