मेटलाइफ फाउन्डेसन र स्वावलम्बन विकास केन्द्रबीच सहकार्य
काठमाडौं । मेटलाइफ फाउन्डेसनले लघुवित्त संस्थाहरूसँग आबद्ध महिलाहरूको आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले स्वावलम्बन विकास केन्द्र (सीएसडी) नेपालसँग सम्झौता गरेको छ । सम्झौताअनुसार सीएसडीले विभिन्न लघुवित्तमा आबद्ध महिला उद्यमीहरूलाई व्यावसायिक सुझाव सल्लाह र प्रशिक्षण प्रदान गरी उद्यमशीलताको दक्षता बढाउने काम गर्नेछ ।
यस्तो सहकार्यले नेपालमा महिला उद्यमीहरूका लागि समावेशी व्यावसायिक वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको मेटलाइफले जनाएको छ । उद्यमशीलता र नवप्रवर्तन तालिम, वित्तीय तथा डिजिटल ज्ञानसम्बन्धी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच, तथा देशैभर सञ्जाल विकासजस्ता कार्यक्रमहरूमार्फत करिब पाँच हजार महिला उद्यमीहरूको उत्थानका लागि ५० हजार अमेरिकी डलर प्रयोग गरिनेछ । यस परियोजनाका लागि परामर्श कम्पनी एमएससी ग्लोबल कन्सल्टिङले नेपालभरका विभिन्न लघुवित्त संस्थाहरूमार्फत समन्वय गर्न सीएसडी नेपालसँग सम्झौता गरेको छ । यस सहयोगको उद्देश्य व्यवसायमा महिलाहरूको सहभागितालाई बढाउनु र बजारको संवेदनशीलताबाट सुरक्षा प्रदान गर्नु रहेको छ । साथै यसले डिजिटल प्रवृत्ति तथा वित्तीय विशेषज्ञताको परिचयमार्फत महिला उद्यमीहरूको डर हटाउन र उनीहरूलाई दिगो जीविकोपार्जनका लागि असल निर्णयहरू लिन आत्मविश्वास प्रदान गर्न मद्दत गर्ने समेत बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया