Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसियन पेन्ट्सका नयाँ उत्पादन बजारमा

एसियन पेन्ट्सका नयाँ उत्पादन बजारमा


काठमाडौं । एसियन पेन्ट्सले आफ्ना नयाँ उत्पादनहरु बजारमा ल्याएको छ । कम्पनीले हालै होटल सोल्टीमा एक विशेष समारोहको आयोजना गरी नयाँ उत्पादन बजारमा ल्याएको हो ।

कम्पनीले दुई सयभन्दा बढी डिलरहरुको माझमा स्मार्टकेयर समूहका दुई नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक सार्वजनिक गरेको जनाएको छ । यी उत्पादनले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्छ । यस्तै कम्पनीले अरु दुई उत्पादन रोयल प्ले समूहअन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेको छ । रोयल प्ले समूहका उत्पादनहरुले घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने सपनाहरु पूरा गरिदिन्छ ।

कम्पनीका अनुसार सिलिकन शिल्डकोे एक जलप्रतिरोधक तत्व हो, जसमा उत्कृष्ट पेनीट्रेटिभ फर्मुलेसन रहेको छ, यो इँट्टाहरु, ढुङ्गाहरु र क्ले टायलहरुको लागि अनुकूल छ । घरको बाहिरी भित्ताहरुलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिन्छ । त्यसैगरी हाइड्रोलक एक अर्को पेनिट्रेटिभ जलप्रतिरोधक सोलुसन हो, जुन प्लाष्टर गरिएका भित्ताहरुलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लाष्टर माथि लगाउन अत्यन्त उपयुक्त छ । यस्तै रोयल प्ले बारिकले अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्ल इफेक्टमा उपलब्ध छ । अर्कोतर्फ रोयल प्ले स्टुकोले प्रदान गर्ने फिनिसले भित्री भित्ताहरुमा मार्बलको अनुभूति दिलाउनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया