Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहासंघमा को कसले जिते ?

महासंघमा को कसले जिते ?


काठमाडौं,नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा अध्यक्ष बन्ने व्यवस्थाअनुरुप चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्षसहित ६४ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन भएको हो ।

वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा भएको छ । तीनै जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए ।

बुधबार बिहान १० बजेबाट सुरु भएको निर्वाचन साँझ ६ बजे सम्पन्न भएको थियो । नतिजाअनुसार महासंघको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकाल विजयी भएका छन् ।

यस्तै कार्यकारिणी समितिमा बागमती प्रदेशबाट उमेशलाल प्यानलकै सविन श्रेष्ठ, कोशी प्रदेशमा अन्जन श्रेष्ठ प्यानलबाट नरेन्द्रकुमार खड्का, मधेश प्रदेशमा अरुण प्रधान विजयी भएका छन् । यस्तै कर्णाली प्रदेशमा लालिमान बुढा विजयी भएका छन् ।

वस्तुगत संघतर्फ नरेशलाल श्रेष्ठ, लिलेन्द्रप्रसाद प्रधान, हरिबहादुर कार्की, शिवप्रसाद घिमिरे, अरनीको राजभण्डारी, डा. सुवोधकुमार गुप्ता, रविन पुरी, शोभा ज्ञवाली, भक्तबहादुर हमाल, नानीराज घिमिरे, मनोज अधिकारी, कमला श्रेष्ठ, पशुपतिदेव पाण्डे, राजकुमार कार्की, विजयी भएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1, #page 2

तपाईको प्रतिक्रिया