टेलिकमको नयाँ वर्ष अफर
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि नयाँ वर्ष अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने जनाएको छ ।
अफर अनुसार कम्पनीले ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने भएको छ । यसैगरी डाटा प्याकेजअन्तर्गत ९८ रुपैयाँमा तीन दिन चलाउन सकिने छ जीबी डाटा, एक सय ९९ रुपैयाँमा सात दिन चलाउन सकिने १३ जीबी डाटा, दुई सय ९४ रुपयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र तीन सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने टेलिकमले जनाएको छ ।
त्यसैगरी एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउनेछ । यसअनुसार दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन एक जीबीका दरले चलाउन सकिने गरी दुई जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी पाँच सय रुपैयाँ र सोभन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन दुई जीबीका दरले चार दिन चलाउन सकिने गरी आठ जीबी डाटा उपलब्ध हुनेछ । नेपाल टेलिकमले उपलब्ध गराउने सो अफर बिहीबारदेखि आगामी वैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागू हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया