दराजको ‘नयाँ वर्ष, नयाँ रहर’
काठमाडौं । अनलाइन बजार दराज नेपालले आफ्नो वार्षिक अभियान ‘नववर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’को औपचारिक घोषणा गरेको छ । योसँगै दराजले ‘किनौँ सबै दराजमा’ भन्ने मूलनाराका साथ आफ्नो प्लेटफर्ममा इच्छाअनुसारको हरेक उत्पादन उपलब्ध गराउनेछ । यस्तै खरिदकर्ता र बिक्रेतालाई आपसमा जोड्ने क्रमलाई पनि जोड दिएको कम्पनीले जनाएको छ ।
दराज नेपालकी प्रबन्धनिर्देशक आँचल कुँवरले कम्पनीले गुणस्तरीय प्रडक्ट मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न पनि अग्रसर रहेको बताइन् । यसको लागि नेपाली नयाँ वर्षको उपलक्ष्यमा दराज नेपालले विभिन्न बिक्रेता र पेमेन्ट पार्टनरहरूसँग साझेदारी गरेको उनले जानकारी दिइन् । नेपाली नयाँ वर्ष अभियानले ‘किनौँ सबै दराजमै’ भन्ने सन्देश दिन खोजेको छ । यो अवसरमा मेगा गिभ अवेमा एक लाख नौ हजार नौ सय ९९ रूपैयाँबराबरको रियलमी जिटी टु प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भौचरमा पाँच हजार रूपैयाँसम्मको छुट र प्रि–पेमेन्टमा एक हजार रूपैयाँसम्म छुट बैंक कार्डमा लागू हुनेछ ।
यसैगरी नबिल बैंक, ग्लोबल आईएमई, एनआईसी एसिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंकको कार्ड भएका ग्राहकहरूले प्रि–पेमेन्टमा २० प्रतिशतसम्म छुट लिन सक्नेछन् । साथै ग्राहकहरूले आईएमई–पेमार्फत प्रिपेमेन्टमा १० प्रतिशतसम्म र इसेवामार्फत १० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । यी अफरहरूको मजा लिन दराज नेपालले आफ्ना ग्राहकहरूलाई अनलाइन भुक्तानीका लागि आफ्नो बैंक कार्ड सक्रिय गर्न आग्रह गरेको छ । यो अफर अप्रिल २० सम्म लागू हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया