स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज
१५ दिनभित्र हस्तान्तरण गर्न पत्राचार
काठमाडौं । स्मार्ट टेलिकमको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । लामो समयदेखि कर भुक्तानी नगरी बक्यौता राखेपछि नियामक निकाय नेपाल दूर सञ्चार प्राधिकरणले स्मार्टको अनुमतिपत्र खारेज गरेको हो । प्राधिकरणले सबै प्रक्रिया पूरा गरेर अनुमतिपत्र रद्द गरेको हो ।
प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेलले तोकिएको मितिभित्र राजस्व बुझाउन नआएपछि यही वैशाख २ गतेबाट स्मार्ट टेलिकमको अनुमतिपत्र स्वतः खारेज भएको जानकारी दिए ।
स्मार्ट टेलिकमले विगत पाँच वर्षदेखि लेखापरीक्षण समेत नगरी, पाँच वर्षअघि नै भुक्तानी गर्नुपर्ने पाँच अर्बभन्दा बढी राजस्व भुक्तानी गरेको छैन । कम्पनीले बुझाउनुपर्ने रकम ३० अर्ब हाराहारी पुगेको प्राधिकरणको अनुमान छ । अब प्राधिकरण आफैँले व्यवस्थापन लिएर हेरेपछि भुक्तानी गर्नुपर्ने वास्तविक दायित्वबारे एकीन हुनेछ ।
प्राधिकरणले स्मार्टलाई कम्पनी जे जस्तो अवस्थामा छ, सोही अवस्थामा १५ दिनभित्र हस्तान्तरण गर्न पत्राचार गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम पौडेलले भने, ‘हामीले पत्राचार गरिसकेका छौँ । अब १५ दिनभित्र स्टेप बाई स्टेप टेकओभरको प्रक्रिया पूरा हुने गरी काम गर्छौँ ।’ अब स्मार्ट टेलिकमका इन्जिनियरहरुसहितका कर्मचारीहरुले पासवर्डलगायतका बौद्धिक सम्पत्तिसम्बन्धी व्यवस्थाहरु प्राधिकरणलाई हस्तान्तरण गरेपछि पूर्णरुपमा प्राधिकरणको नियन्त्रणमा आउनेछ ।
प्राधिकरणका अनुसार हाल जुन ठाउँमा जसरी सञ्चालन भइरहेको छ, त्यसैगरी स्मार्ट टेलिकमको सेवा सुचारु रहनेछ तर, व्यवस्थापनको केन्द्रमा भने दूर सञ्चार प्राधिकरण हुनेछ ।
त्यस्तै, सोमबारकै बैठकले स्मार्ट टेलिकमको व्यवस्थापन हेर्ने गरी प्राधिकरणका सञ्चालक समितिका सदस्य गोकर्ण सिटौलालाई स्मार्ट टेलिकमको हस्तान्तरण गरी लिने कामको लागि जिम्मेवारी तोकिएको छ । कम्पनीले पनि हस्तान्तरण गर्ने योजना बनाएरै प्राधिकरणलाई बुझाएपछि प्रक्रिया पूरा हुनेछ ।
प्राधिकरणले लिएको स्मार्ट टेलिकम कुन विधिबाट सञ्चालन गर्ने भन्ने अहिले नै एकीन भइसकेको छैन । अब यस सम्बन्धमा सरकारले आवश्यक निर्णय गरेपछि मात्रै थप प्रक्रिया अघि बढ्ने प्राधिकरणको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया