सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ देखि
काठमाडौं । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । उक्त प्रदर्शनी आगामी वैशाख २२ गतेदेखि २४ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने भएको हो ।
चितवन उद्योग संघको आयोजना, नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचर्स ट्रेड फेयर एण्ड इभेन्टको व्यवस्थापकीय साझेदारीमा प्रदर्शनी हुनलागेको हो । सोमबार नेपाल उद्योग परिसंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीबारे विस्तृत जानकारी गराइएको थियो । सम्मेलनमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा उद्योगी व्यवसायीहरुको मनोबल बढाउनुुपर्ने खाँचो रहेको बताए । कठिन परिस्थितिमा समेत चितवन उद्योग संघले गर्ने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिने उनले बताए ।
प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रदर्शनी युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गरे ।
प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवाका प्रदर्शनी हुने उनले जानकारी दिए । यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुई सयभन्दा बढी स्टलहरु रहनेछन् ।
निःशुल्क प्रवेशको व्यवस्था हुने प्रदर्शनीमा उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीहरु, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यावसायिक उत्पादकहरु, नेपाली उद्योगहरुका सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यावसायिक परामर्शदाताहरु, वित्तीय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघ/संस्थाका प्रतिनिधिहरु, तीनै तहका सरकारका नीति निर्माताहरु, उच्चपदस्थ अधिकारीहरु, उद्योगीका छाता संस्थाका प्रतिनिधिलगायतले अवलोकन गर्नेछन् । उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नवीनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा प्रदर्शनीलाई लिइएको छ ।
प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूकाबीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ, प्रक्रियाका सम्बन्धमा अनुभव आदानप्रदानमार्फत ज्ञान अभिवृद्धि गर्न तथा सुमधुर व्यावसायिक सम्बन्ध स्थापित गरी स्वदेशी औद्योगिक उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणमा पहुँच पु¥याउन महत्वपूर्ण अवसर प्राप्त हुने अध्यक्ष कँडेलले बताए । तीन दिने औद्योगिक प्रदर्शनीमा औद्योगिक प्रवद्र्वनका लागि विषयविज्ञको उपस्थितिमा अन्तत्र्रिmया आयोजना गरिनेछ । यसले औद्योगीकरणका लागि विश्वमा नै सफल र उत्कृष्ट ठहरिएका प्रविधिहरुसँंग साक्षात्कारको अवसरसहित अनुसरणका लागि उत्प्रेरणा मिल्नेछ ।
यस्तै प्रदर्शनीमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थितिमा नेपाल सरकारको औद्योगिक नीति, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसरहरुका विषय, नेपाल उद्योग परिसंघको तर्फबाट मेक इन नेपाल स्वदेशी अभियानका विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिनेछ । यस प्रदर्शनी सरकारका औद्योगिक नीति तथा कार्यक्रमहरुलक्षित उद्योगीहरुसम्म पु¥याउने उपयुक्त अवसरको रुपमा समेत रहने आयोजकको विश्वास रहेको छ । प्रदर्शनी अवधिमा चितवन तथा नवलपुर क्षेत्रका होटल, पर्यटन तथा यातायात व्यवसाय पूर्णरुपमा चलायमान हुन गई आर्थिक कारोबार समेत बढ्न जाने हुँदा वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशील बनाउन समेत सहयोग पुग्ने आयोजकको विश्वास छ ।
सातवटै प्रदेशको पहिचान झल्किने गरी औद्योगिक उत्पादनको स्टल राखिने योजना रहेको यस प्रदर्शनीलाई सफल बनाउन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, घरेलु तथा साना उद्योग महासंघ, चितवन तथा छिमेकी जिल्लाका स्थानीय पालिकाहरु लगायत उद्योगीका विभिन्न छाता संस्थाहरुको सहयोगीे भूमिका छ । प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पु-याउने साना साना औजार, मेसिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरुबाट लाइभ प्रोडक्सन समेत गरिने भएकोले नेपालको औद्योगिक विकासमा सहयोग पु¥याउन यस प्रदर्शनी कोशेढुंगा साबित हुने आयोजकको विश्वास छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया