आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी वस्तुहरुको खपत बढाउनुपर्नेमा जोड
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी वस्तुहरुको खपत बढाउनुपर्नेमा जोड दिएका छन् । परिसंघले राजधानीमा आयोजना गरेको स्वदेशी मिट एन्ड ग्रीट कार्यक्रममा उनले स्वदेशी वस्तुहरुको खपतमा जोड दिएका हुन् ।
यस्तै कार्यक्रममा उनले हालको चुनौतीपूर्ण अर्थतन्त्रमा सकारात्मक वातावरण निर्माण गर्न, उद्योगी व्यवसायीहरुमा उत्साहप्रद वातावरण बनाउन निजी क्षेत्रको तर्फबाट परिसंघ लागि परेको बताए । त्यसको एउटा महत्वपूर्ण उदाहरण मेक इन नेपाल स्वदेशी अभियान भएको उनको भनाइ थियो । अर्थतन्त्रमा हाल आएको उच्च संकुचनले उद्योगी व्यवसायीहरुलाई हतोत्साहित बनाएको भन्दै उनले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरुलाई स्वदेशीको सामूहिक लोगो प्रयोग गरेर निर्यात गर्दा थप एक प्रतिशत नगद अनुदान दिन सरकारसँग आग्रह गरे । परिसंघले स्वदेशीको सामूहिक टे«ड मार्कका लागि आवश्यक पहल थालिसकेको उनले बताए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले स्वदेशी वस्तुहरुको प्रयोग बढाउँदै निर्यात प्रवद्र्धन एवं आयात प्रतिस्थापनका लागि मेक इन नेपाल स्वदेशी अभियान महत्वपूर्ण रहेको बताए । उनले स्वदेशी उद्योगहरुको प्रवर्द्धनका लागि अवैध कारोबार रोक्नुपर्ने, कच्चापदार्थ र तयारी वस्तुको भन्सारदर थप फरक पार्नुपर्ने सुझाव कार्यान्वयनमा सहयोग गर्ने बताए । स्वदेशी उद्योगहरुको प्रवर्द्धनका लागि आगामी बजेटमार्फत गरिनुपर्ने सम्बोधनका विषयमा सुझाव दिन समेत उनले आग्रह गरे । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन पोखरेलले आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको समन्वय अपरिहार्य रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योग क्षेत्रको योगदान घटेर पाँच प्रतिशतमा झरेको भन्दै जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले मेक इन नेपाल स्वदेशीको सामूहिक ट्रेड मार्क दिने प्रक्रिया जतिसक्दो चाँडो टुङ्गोमा पु¥याइने बताए । कार्यक्रममा स्वदेशी सदस्यहरुले उठाएका ड्युटी ड्र ब्याकमा देखिएको समस्या आगामी बजेटमार्फत सम्बोधन हुने उनले विश्वास व्यक्त गरे । यस्तै उनले उद्योग दर्ता र प्रत्यक्ष वैदेशिक लगानीको अनुमतिमा उल्लेख्य सुधार ल्याई तदारुकताका साथ विनाअवरोध उद्योग दर्ता र एफडीआईको अनुमतिलाई सरलीकरण गरेको बताए । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्ष हेमराज ढकालले नेपाल सरकार समेतको सहभागितामा नेपाल उद्योग परिसंघले सञ्चालन गरेको मेक इन नेपाल स्वदेशी अभियानमा सहभागी स्वदेशी उद्योगी व्यवसायीहरुको समस्या, ठोस रुपमा समाधानको उपायसहित सदस्यहरुबीच नेटवर्किङ गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । स्वदेशी वस्तुहरुको अधिकतम प्रयोग, प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले अर्थतन्त्रलाई बलियो बनाउने बताउँदै उनीहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उपभोग शैली पनि स्वदेशी बनाउन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा स्वदेशीका सदस्यहरुबीचको वस्तु खरिद आदानप्रदान गर्ने, स्वदेशीका वस्तुबारे आम उपभोक्तालाई सहज एवं सरलरुपमा जानकारी गराउने उद्देश्यले बीटूबी वेभसाइटको लन्च गरिएको छ । उद्योग सचिव डा. ज्ञवाली र परिसंघका अध्यक्ष अग्रवालले संयुक्तरुपमा वेबसाइट शुभारम्भ गरेका थिए । कार्यक्रममा जुत्ताचप्पल उद्योग, मदिरा उद्योग, सूचना प्रविधि, स्टील तथा आल्मुनियम उद्योग, पेन्ट उद्योगका स्वदेशी सदस्यहरुले उद्योगहरुले भागिरहेको समस्या र समाधानका विषयमा प्रस्तुतीकरण दिएका थिए । परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरुमार्फत स्वदेशी सदस्यहरुको समस्या एवं समाधानका विषयमा सोमबार छलफल आयोजना कार्यक्रम राखेको थियोे । कार्यक्रममा स्वदेशी अभियानमा आबद्ध सदस्यहरुले स्वदेशी उद्योगहरुको समस्या एवं प्रवद्र्धनका लागि चालिनुपर्ने नीतिगत विषयमा सुझाव प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 12
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया