महिन्द्राको एक्सयूभी ३०० बजारमा
काठमाडौं । महिन्द्राले नेपालमा आफ्नो एक्सयूभी ३०० ब्रान्ड नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले यो कम्प्याक्ट एसयूभी चार भेरियन्टमा बजारमा ल्याएको जनाएको छ । यसको मूल्य ४२ लाख ९५ हजार रुपैयाँदेखि सुरु छ ।
एक्सयूभी ३०० ले नेपाली ग्राहकहरूलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । एक्सयूभी ३०० लाई सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ, जसले यसलाई नेपालको सबैभन्दा सुरक्षित सवारीसाधनहरूमध्ये एक बनाएको छ । यसमा डुअल फ्रन्ट एयरब्यागहरू, ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सरहरू र अन्य धेरै सुरक्षा सुविधाहरू छन् । एक्सयूभी ३०० ले ग्लोबल एनक्याप सुरक्षा परीक्षणहरूमा पनि ५–स्टार रेटिङ प्राप्त गरेको छ । साथै यसमा सात इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्टेयरिङ माउन्टेड कन्ट्रोल र पुस बटन स्टार्ट/स्टपजस्ता उन्नत प्रविधि सुविधाहरूको दायरा पनि छ । थप रूपमा, शीर्ष–अफ–द–लाइन डब्लू ८ भेरियन्टले सनरुफ, लेदरको सिट र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल प्रदान गर्दछ ।
एक्सयूभी ३०० मा १.२ लिटर टर्बो–पेट्रोल इन्जिनले ११० पीएस र २०० एनएम टर्क प्रदान गर्दछ । इन्जिन ६ स्पीड म्यानुअल गियरबक्ससँग जोडिएको छ । दुईवटा एयरब्याग, एबीएस, सबै पांग्रामा डिस्क ब्रेक, एलईडी टेल–लाइट र चारवटै पावर विन्डोज सबै मोडलहरूमा मानक छन् । टीजीडीआईद्वारा सञ्चालित एक्सयूभी ३०० टर्वो स्पोर्ट टीएम भेरियन्टले ग्राहकहरूलाई थप विविधता प्रदान गर्दै पोर्टफोलियोमा कार्यसम्पादन गुणांक ल्याउने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार डब्लु४ भेरिइन्टको एक्सयूभी ३०० को मुल्य ४२ लाख ९५ हजार, डब्लू ६ को ४९ लाख ९५ हजार, डब्लु ८ को ५७ लाख ५० हजार र डब्लु ८ ओको मूल्य ६० लाख रुपैयाँ छ । एक्सयूभी ३०० चितुवाबाट प्रेरित डिजाइन र विश्मयकारी प्रदर्शनको एक शक्तिशाली संयोजन हो । एक्सयूभी ३०० सिरिज ७ रङहरू रेड रेज, एक्वा मरिन, डार्क ग्रे, पर्ल ह्वाइट, नेपोली ब्ल्याक, डी–स्याट सिल्भर र ब्लेजिङ्ग ब्रन्जमा उपलब्ध छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया