Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो भी२५ सिरिज लोकप्रिय स्मार्टफोन

भिभो भी२५ सिरिज लोकप्रिय स्मार्टफोन


काठमाडौं । विश्वव्यापी रूपमा भिभो नवीनता विशेषताहरु तथा यसको फराकिलो दायराका उत्पादनहरुका लागि परिचित स्मार्टफोन ब्राण्ड हो । उच्चस्तरीय प्रविधि एवं आकर्षक विशेषता र मूल्यले गर्दा भिभोका स्मार्टफोनहरु नेपालमा निकै लोकप्रिय छन् ।

भिभोका भी सिरिजलाई यसको उत्कृष्ट डिजाइन र विश्वस्तरीय क्यामेरा प्रविधिले कन्टेन्ट क्रियटरहरुमाझ आमूल परिवर्तन ल्याएको छ । त्यस्तै, भी२१, भी२३ फाइभजी, भी२३ई मा अत्याधुनिक इमेजिङ प्रविधि र स्लिक डिजाइन छ । साथै, प्रयोगकर्तालाई उत्कृष्ट अनुभवहरू प्रदान गर्ने भिभोको प्रतिबद्धताले नेपालमा अझ लोकप्रिय बनेको हो । भी२५ सिरिजको कलर–चेन्जिङ ग्लासले विशेष चर्चा कमाएको छ भने अधिकतम शक्ति र कार्यसम्पादन कायम राख्दै प्रयोगकर्ताहरूलाई अधिकतम उत्पादकता सुनिश्चित गरेको छ ।

यसबाहेक, भी२५ फाइभजी र भी२५ स्मार्टफोनमा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा रहेकाले उच्च गुणस्तरका तस्बिरहरू खिच्न मद्दत गर्दछ । साथै, ब्याक क्यामेरामा रहेको हाइब्रिड इमेज स्टेबलाइजेशन प्रणालीलाई भिभोले गेम–चेन्जर भनेको छ । जसले इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन र अप्टिकल इमेज स्टेबलाइजेसनको संयोजनबाट मोबाइल हल्लिएको बेलामा पनि स्थिर, स्पष्ट तथा उच्च गुणस्तरका भिडियोहरू खिच्न सक्छ । भी२५ फाइभजीमा ५०एमपी अटोफोकस एचडी पोट्र्रेट फ्रन्ट क्यामेरा छ, जसले सेल्फी खिच्दा अनुपम अनुभव प्रदान गर्दछ ।

त्यस्तै भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा छ । जुन कन्टेन्ट क्रियटरका लागि मात्र नभएर दैनिक कार्यहरूको लागि पनि उपयुक्त छन् । यसको फ्रन्ट क्यामेराबाट स्पष्ट र सहज भिडियो कल गर्न सकिन्छ भने अनलाइन कामलाई पनि सहज बनाउने कम्पनीको दाबी छ ।

भिभोका यि स्मार्टफोनहरूमा विस्तारित ¥याम ३.० छन् जसलाई आठ जीबीसम्म विस्तार गर्न सकिन्छ । यसबाहेक, भी२५ फाइभजीमा डाइमेन्सिटी ९०० र भी२५ई मा जी९९ प्रोसेसर रहेको छ । भी२५ सिरिजमा ४५००एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ, जसले ढुक्कसँग मोबाइल चलाउन सकिनेछ ।

भी२५ सिरिजको डिजाइन, शक्ति र उत्कृष्ट प्रदर्शनका कारण नेपाली प्रयोगकर्ताका लागि यो स्मार्टफोन उत्कृष्ट विकल्प हुने कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया