नेपालमा पाँच हजारभन्दा बढी महिन्द्रा स्कर्पियो
काठमाडौं । महिन्द्रा स्कर्पियो पिकअप हालसम्म नेपालमा पाँच हजारभन्दा बढी बिक्री भइसकेको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले जनाएकोे छ । नेपालको जीवनशैली र भौगोलिक हिसाबले उत्तम मानिएको यो स्कर्पियो पिकअप विभिन्न भेरियन्ट र चार रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
सरकारी तथा गैर सरकारी क्षेत्रमा विश्वसनीय र भरपर्दो मानिएको यो पिकअप उपभोक्ताहरुमाझ पनि फोरह्विल्ड अफ रोड क्षमता, स्टाइलिस मोडल, उच्च स्तरको विशेषता, शक्तिशाली प्रदर्शन, अधिकतम सुरक्षा र प्रतिस्पर्धी मूल्यका कारण प्राथमिकतामा हुन सफल छ ।
कम्पनीले स्कर्पियोको लोकप्रियता नेपाली बजारमा मात्रै नभई ट्युनिसिया, दक्षिण अमेरिका, युरोप, अस्ट्रेलिया, एसिया र अफ्रिकाका धेरै मुलुकमा रहेको दाबी गरेको छ ।
स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिनले १४० एचपी पावर र ३२० एनएम टर्क छ । यसमा २१० एमएमको ग्राउण्ड क्लियरेन्स साथै फोरह्विल्डको मद्दतले नेपालको जुनसुकै बाटोमा सहजै यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।
सुरक्षाका लागि यो पिकअपमा डूअल एयरब्याग, एबीएस, रिमोर्ट कन्ट्रोल सेन्ट्रल लकलगायत विशेषताहरु छन् । स्कर्पियो डबल क्याब पिकअप एस ६ र एस १० मा उपलब्ध छ । सुपथ मूल्यमा धेरै विशेषता र शक्तिशाली इन्जिन भएकाले नै बजारमा पाउने अरु पिकअपहरुभन्दा महिन्द्रा स्कर्पियो पिकअप उत्कृष्ट र आरामदायी रहेको कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया