Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ

चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ


काठमाडौं । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना हुनलागेको सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ भइसकेको आयोजकले जनाएको छ । प्रदर्शनी आगामी वैशाख २२ गतेदेखि २४ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुँदै छ ।

आयोजकका अनुसार प्रदर्शनीमा स्टल राख्न इच्छुक उद्योगीहरुले वैशाख १७ गतेसम्म बुकिङ गर्न सक्नेछन् । चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर्स ट्रेड फेयर एण्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा प्रदर्शनी आयोजना हुनलागेको हो । प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवा प्रदर्शनी हुनेछ । यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुई सयभन्दा बढी स्टलहरु रहनेछन् ।

निःशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीमा नवउद्यमीहरु, उद्योग सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यावसायिक परामर्शदाताहरु, वित्तीय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघ÷संस्थाका प्रतिनिधिहरु, तीनै तहका सरकारका नीतिनिर्माताहरु, उच्चपदस्थ अधिकारीहरु, उद्योगीका छाता संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ । यस्तै प्रदर्शनीमा औद्योगिक प्रवर्द्धनका लागि विषयविज्ञको उपस्थितिमा अन्तर्क्रिया समेत हुनेछ । यसले औद्योगीकरणका लागि विश्वमा नै सफल र उत्कृष्ट ठहरिएका प्रविधिहरुसँंग साक्षात्कारको अवसरसहित अनुसरणका लागि उत्प्रेरणा मिल्ने बताइएको छ ।

प्रदर्शनीमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थितिमा नेपाल सरकारको औद्योगिक नीति, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसरहरुका विषय, नेपाल उद्योग परिसंघको तर्फबाट मेक इन नेपाल स्वदेशी अभियानका विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिनेछ । प्रदर्शनी सरकारका औद्योगिक नीति तथा कार्यक्रमहरु लक्षित उद्योगीहरुसम्म पु¥याउने उपयुक्त अवसरको रुपमा समेत रहनेछ । प्रदर्शनी अवधिमा चितवन तथा नवलपुर क्षेत्रका होटल, पर्यटन तथा यातायात व्यवसाय पूर्ण रुपमा चलायमान हुन गई आर्थिक कारोबार समेत बढ्न जाने हुँदा वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशील बनाउन समेत सहयोग पुग्ने आयोजकको विश्वास छ ।

सातवटै प्रदेशको पहिचान झल्किने गरी औद्योगिक उत्पादनको स्टल राखिने योजना रहेको यस प्रदर्शनीलाई सफल बनाउनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, घरेलु तथा साना उद्योग महासंघ, चितवन तथा छिमेकी जिल्लाका स्थानीय पालिकाहरु लगायत उद्योगीका विभिन्न छाता संस्थाहरुको सहयोगीे भूमिका रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया