Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअमेरिकी राजदूतद्वारा ग्रोबाइडेटाको नयाँं शाखा उद्घाटन

अमेरिकी राजदूतद्वारा ग्रोबाइडेटाको नयाँं शाखा उद्घाटन


काठमाडौं । अमेरिकी राजदूत डीन आर थम्पसनले इन्टेलिजेन्स फर्म ग्रोबाइडेटा नामक संस्थाको नयाँं शाखाको उद्घाटन उदघाटन गरेका छन् । बोस्टन र काठमाडौंमा आधारित मार्केटिङ इन्टेलिजेन्स फर्म ग्रोबाइडेटाको नयाँं शाखाको सानेपामा उद्घाटन गरिएको हो ।

कार्यक्रममा संस्थाका व्यवस्थापकीय साझेदार प्रसन्न ढुंगेलले ग्राहकहरुको वृद्धिका कारण नयाँं शाखा विस्तार गर्नुपरेको बताए । नयाँ भवन विश्वसनीयता वृद्धि गर्न र क्रस–टीम सहकार्यलाई प्रवद्र्धन गर्न डिजाइन गरिएको उनले सुनाए । ‘हामी शीर्ष मार्केटिङ फर्महरूको मार्केटिङ इन्टेलिजेन्स साझेदार बन्ने आकांक्षा राख्छौँ’, उनले भने, ‘यसले उनीहरूलाई नयाँ रणनीतिहरू बनाउन समर्थन गर्न सहयोग प्रदान गर्दछ ।’ ग्रोवाइडेटाको नयाँ कार्यालयको उद्घाटनले ब्लु–चिप ग्राहकहरूलाई विकसित डिजिटल मिडिया परिदृश्यमा उद्योग–अग्रणी अन्तर्दृष्टि प्रदान गर्न इन्जिनियरिङ, ग्राहक सफलता र मार्केटिङमा क्रस–टीम सहयोगको महत्वलाई समर्थन गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

सन् २०१४ मा ग्रोवाइडेटाको सुरुवात नक्सालमा एक कोठाको साझा कार्यालयबाट भएको थियो । छ जना सदस्यहरूको टोलीसहित सुरु भएको यो संस्थामा हाल बोस्टन र काठमाडौं कार्यालयहरूबाट काम गर्ने सयभन्दा बढीको संलग्नता रहेको कार्यक्रममा जानकारी दिइएको थियो । ‘हामीले २०१४ मा केवल एक ग्राहकलाई सेवा दिन थालेका थियौँ र अब आधा दर्जन एजेन्सीहरूमार्फत एक सयभन्दा बढी ब्रान्डहरूसँग सहकार्य गर्दै छौँ’, अपरेसन विभागका भीपी सुबिन श्रेष्ठले भने । उनले स्थानीय समुदायलाई सहयोग गर्न धेरै सीएसआर कार्यक्रमहरूसँगै अमेरिका र नेपाल दुवै अर्थतन्त्रमा योगदान दिन पाउँदा खुसी लागेको बताए ।

२०१४ मा स्थापित ग्रोवाइडेटाले मार्केटिङ अन्तर्दृष्टि प्रदान गर्न, आवाजको साझेदारी, मूल्य निर्धारण, प्रवर्द्धन, ग्राहक समीक्षा, प्रतिस्पर्धी गतिशीलता र अन्य डिजिटल विशेषताहरूको रिपोर्टिङ सक्षम गर्ने जनाइएको छ । फर्मले सफलतापूर्वक विश्वव्यापी विज्ञापन एजेन्सीहरू र उनीहरूको घरेलु ब्रान्ड ग्राहकहरूलाई सेवा प्रदान गर्ने जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया