Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमिस नेपालका प्रतियोगीहरू बनेपास्थित डाबर नेपाल नर्सरीमा

मिस नेपालका प्रतियोगीहरू बनेपास्थित डाबर नेपाल नर्सरीमा


काठमाडौं । डाबर वाटिका मिस नेपाल २०२३ को उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरुले बनेपास्थित डाबर नेपाल नर्सरीको भ्रमण गरेका छन् । यस भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरुको सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारेमा जानकारी लिएका थिए ।

डाबर वाटिका मिस नेपालका सहभागीहरुले यहाँको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरेको कम्पनीले जनाएको छ । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीको संरक्षण गर्दै आएका र यी जडिबुटी डाबरका विभित्र उत्पादनहरुमा पनि प्रयोग गर्दै आएका छन् । डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि युवाहरुलाई यसका बारेमा परिचय गराएको बताए । डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भैसकेको र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्य ब्राण्डहरुको उत्पादन र बजारीकरण गर्दै आएको उनको भनाई छ । प्रतियोगीहरुलाई यस प्रकारको एक्सपोजरबाट उनीहरुले वातावरण र समाजमा सकारात्मक रुपमा योगदान गर्न सक्षम हुने उनले बताए ।

यस्तै डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको संरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए । डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्व स्तरीय हरितगृह रहेको छ, जसले नेपालको २४ वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवद्र्धन र खेती गर्दछ । साथै कम्पनीले ५० वटा सहकारी मार्पmत जडीबुटी खेती गरी किसानहरुको जिविकोपार्जनलाई सघाएको छ ।

उपभोक्ताहरुलाई उत्कृष्ट प्राकृतिक हेयरकेयरको सोलुषण उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरुप, डाबर नेपालले २०२२ मा डाबर वाटिका नेचुरल्स स्याम्पु बजारमा ल्याएको थियो । डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको प्रमुख प्रायोजक हो । डाबर वाटिका मिस नेपाल २०२३ को ग्राण्ड फिनाले मे २७, २०२३ मा गोदावरी स्थित सनराइज अडिटोरियममा हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया