क्यान महासंघले ‘प्रि–जब ट्रेनिङ’ आयोजना गर्ने
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलाका लागि लक्षित गर्दै प्रि–जब ट्रेनिङ आयोजना गर्ने भएको छ । इन्टरनेसनल गल्र्स इन आईसीटी डे २०२३ को अवसरमा महासंघले मंगलबारदेखि चार दिनसम्म सञ्चालन हुने गरी उक्त तालिम आयोजना गर्नलागेको हो ।
यसअन्तर्गत महिलालाई रोजगारीमा जानुअघि गर्नुपर्ने पूर्वतयारीका विविध विषयमा प्रशिक्षण दिइने महासंघकी उपाध्यक्ष एवं कार्यक्रमकी संयोजक सरिता सिंहले जानकारी दिइन् । सो अवसरमा कर्पोरेट कल्चर, अफिस इक्विपमेन्ट ह्यान्डलिङ, इमेल र पत्र लेखन, व्यक्तित्व विकास, समय व्यवस्थापन, तनाव व्यवस्थापन, आईसीटीसम्बन्धी सीपहरु, नेतृत्वकला, सामूहिक कार्य, करियर चयन, अन्तर्वार्ता प्रक्रिया आदि विषयमा सहभागीलाई तालिम दिने उपाध्यक्ष सिंहले जानकारी दिइन् । उनका अनुसार तालिमका हरेक सेसन डेढ घण्टासम्म चल्नेछ । कम्तीमा प्लस टु वा सो सरहको प्रमाणपत्र भएका महिलाले यस तालिममा सहभागिता जनाउन सक्नेछन् ।
क्यान महासंघको केन्द्रीय कार्यालय खुसिबुमा तालिम हुनेछ । तालिममा सहभागी हुन ट्रेनिङ डट क्यान डट ओआरजी डट एपी लगइन गरी अनलाइनबाटै नाम दर्ता गराउन सकिन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को पहलमा हरेक वर्ष अपिल २७ तारिखका दिन गल्र्स इन आईसीटी डे मनाइन्छ । यो अवसरमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्न विश्भर नै रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम हुने गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया