Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

डीजी पेको सहकार्य


काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी डीजी पे प्रालिले विभिन्न फ्रेन्चाइजी व्यवसायीहरु तथा संस्थाहरुसँग सहकार्य गरेको छ । कम्पनीले पत्रकार सम्मेलन गरी आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे समेत जानकारी गराएको छ ।

डीजी पेले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुवैमा कारोबार गर्न मिल्ने सुुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्द्धनका लागि फ्रेन्चाइजीको अवधारणा लिएर आएको बताएको छ । डीजी पेमा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताविना आबद्ध हुुन सक्नेछन् ।

भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ । कम्पनीले स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरूसँग फ्रान्चाइजीको सहकार्य गरेको उल्लेख गरेको छ । साथै थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको जानकारी गराएको छ ।

योजनाअन्तर्गत फ्रेन्चाइजीहरूले डीजी पेसँगको सहकार्यबाट कम्पनीले प्रदान गरेको टार्गेट पूरा भएको अवस्थामा प्रतिमहिना चार लाखदेखि पाँच लाख रुपैयाँसम्म कमाउनसक्ने कम्पनीका अध्यक्ष दिवाकर बहादुुर पाण्डेले बताए । उनले डीजी पेमा व्यवसायीहरू निःशुुल्क रुपमा आबद्ध हुन सक्नेछन् । यसमा आबद्ध हुँदा पाँच सय रुपैयाँ टपअप र सेवा शुल्कमा छुट, स्टार हस्पिटलको आठ सय २५ रुपैयाँको दुई वटा ओपीडी टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट, वान्टीवान फस्ट टिचको डिजिटल मार्केटिङ/एप डेभलपमा विशेष छुट, विनभ क्रियसनको सोसल मिडिया कन्टेन्ट क्रियसन १५ हजार रुपैयाँमा पाइने साथै डेलिभरी पार्टनर ईभी करियरबाट एकै दिनमा पिकअप र ड्रप तथा अन्य सेवाहरु प्राप्त गर्नसक्ने जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया