श्रमिकको सहयोगार्थ महासंघद्वारा राहत सामग्री वितरण
काठमाण्डौं,चैत २४
कोरोना भाइरस संक्रमण रोकथामका लागि मुलुकभित्र जारी लकडाउनका समयमा विहान वेलुका हातमुख जोर्न समस्या भएका श्रमिक÷कामदारहरूको सहयोगार्थ नेपाल उद्योग वाणिज्य महासंघले पहिलो चरणमा चार हजार प्याकेट राहत सामग्री वितरण गरेको छ । बाँचौँ र बचाऔं अभियानमा महासंघद्वारा कोरोना भाइरसविरुद्ध सहयोग अभियान २०२० सञ्चालन गरी राहत सामग्री संकलन कार्य जारी गरिएको महासंघले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र महासंघका अध्यक्ष भवानी राणाले आईतबार एक कार्यक्रम बीच संयुक्त रूपमा राहत सामग्री हस्तान्तरण गरे । राहत सामग्रीमा प्रतिप्याकेट १० केजी चामल, १ केजी दाल रहेको छ । उक्त राहत सामग्री उद्योग वाणिज्य संघ काभ्रे, काठमाडौं महानगरपालिका वडा नम्वर ३१, मध्यपुर थिमि वडा नम्वर ३ र ६, काठमाडौं महानगरपालिका वडा नम्वर १६, उत्पिडित सुकुम्वासी वस्ती, वडा नम्वर ११ थापाथली, अन्तर्राष्ट्रिय आप्रवासी समुदाय, डोलेश्वर महादेव समिति, कामनपा वार्ड नम्वर १ र २०, नेपाल चलचित्र प्राविधिक संघ, गणेश केसी समेतको टोल, सुन्दरीजल चाइना गेट, पशुपति क्षेत्र आश्रम सवै, नवजीवन चिल्ड्रेन होम हात्तिवन ललितपुरलगायतका संघ संस्थामार्फत वितरण गर्ने गरी हस्तान्तरण गरिएको महासंघले जनाएको छ । राहत सामग्री वितरण कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू जय सिवाकोटी, आकाश अधिकारी, रविन श्रेष्ठ र नेपाल विज्ञापन संघका पदाधिकारीहरूको सहभागिता थियो ।महासंघले यसअघि ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा ५० लाख नगद सहयोग गर्नुका साथै बाँकी १ करोड बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरूसहित जम्मा १ करोड ५० लाख बराबरको सहयोग गर्ने घोषणा गरेको थियो । सोही सहयोगअन्तर्गत नै महासंघले केही समय अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयलाई दश हजार थान मास्क र २ सय ५० सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेको थियो भने थप स्वास्थ्य सामग्री संकलनमा पनि महासंघ लागिरहेको जनाएको छ । महासंघले संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई मनन गर्दै मुलुकलाई परेको अप्ठेरो समयमा सरकारलाई हरतरहले सहयोग गर्दै आएको बताएको छ ।
महासंघले लकडाउनको समयमा अत्यावश्यक उद्योगहरू सुरक्षाको उपायहरू अवलम्वन गर्दै संचालन गर्न आग्रह समेत गरेको छ । कठिन अवस्थामा मानव स्वास्थ्यको संवेदनशीलता समेतलाई ख्याल गरी व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउदै सुरक्षित रहन सवै उद्योगी व्यवसायी, कामदार कर्मचारीहरुलाई अपिल गर्दै कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकारले जारी गरेका सवै नीति, कार्यक्रम, स्वास्थ्य योजना तथा निर्णयहरूमा आफ्नो ऐक्यवद्धता प्रकट गर्दै आ–आफ्ना स्थानंबाट सहयोग गरी सफल पार्न महासंघ आफ्ना सबै सदस्य संघ÷संस्था÷उद्योग प्रतिष्ठानहरू सहित सबैमा आग्रह समेत गरेको छ । त्यसैगरी महासंघले कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, नीति तथा स्वास्थ्य योजनाहरूको प्रभावकारी कार्यान्वयनमा महासंघले आफ्ना सबै संयन्त्रको प्रभावकारी परिचालन मार्फत सहयोग पु¥याउदै आएको छ । महासंघका सवै सदस्य संघ संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निश्पक्ष रूपमा विक्रि वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया