सामसङको ग्यालेक्सी ए२४ एलटिइ सार्वजनिक
काठमाडौं । सामसङले आफ्नो अत्यन्त लोकप्रिय ए–सिरिजमा एक नयाँ फोनको संस्करण थप गरेको छ । कम्पनीले यसपटक नेपाली बजारमा ग्यालेक्सी ए२४ एलटिइ सार्वजनिक गरेको हो । यो फोन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भूत गुणहरुले भरपूर रहेको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ । मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि वा ८ जिबि ¥यामका साथ काम गर्छ । साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठभागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ एमपि सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भूत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ । साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरुसहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।
यस्तै कम्पनीले ६/१२८ जिबिको ग्यालेक्सी ए२४ को मूल्य २८ हजार ९ सय ९९ रुपैयाँ र ८/१२८ जिबिको मूल्य ३१ हजार ९ सय ९९ रुपैयाँ कायम गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया