Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआजदेखि विदेशबाट मोबाइल सेट ल्याउन कडाई

आजदेखि विदेशबाट मोबाइल सेट ल्याउन कडाई


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आज (जेठ १) देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले सूचना जारी गरी भन्सार विभागको २०८० वैशाख २९ गते जारी गरेको ‘यात्रुले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोनसम्बन्धी’ व्यवस्थाअनुसार नेपालमा प्रयोग हुने मोबाइल सेटलाई अनिवार्य दर्ता गरी व्यवस्थित गर्न २०८० जेठ एक गते सोमबारबाट एमडीएमएस प्रणाली लागू गरिएको जनाएको छ ।

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रैे दुईवटा मोबाइल फोन ल्याउन पाउने प्राधिकरणले जनाएको छ । यसरी ल्याउने मोबाइल एउटा चलाइरहेको र अर्को सिलप्याक वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाइनेछ । दुवै सिलप्याक मोबाइल ल्याउन पाइने छैन । यसरी ल्याइएका मोबाइलमा महसुल सुविधामा ल्याउन पाउने र ती मोबाइल फोनको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशिएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन् । यसरी ल्याइएको एक थान मोबाइलको घोषणा भन्सार कार्यालयमा गर्नु नपर्ने प्राधिकरणले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल सरकारको ‘निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंमले एमडीएमएसमा दर्ता गर्नसक्ने जानकारी दिएको छ । व्यक्तिगत प्रायोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।

नेपालभित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट प्रणालीमा दर्ता भए÷नभएको यकिन गरी मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ । नयाँ मोबाइल फोन दर्ता भए÷नभएको एकिन गर्न एमडीएमएस डट एनटीए डट जीओभी डट एनपी प्रणालीमा हेर्न सकिनेछ । मोबाइल आयातकर्ता÷बिक्रेताहरुले मोबाइल आयात गर्नुअघि अनिवार्यरुपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता गरी बिक्रीवितरण गर्न निर्देशन दिएको थियो ।

निजी प्रयोजनको लागि ल्याइएको मोबाइल फोनहरु व्यक्ति स्वयंमले राहदानी वा नागरिकता र आगमन÷बहिर्गमन छाप देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास कागजातहरु एमडीएमएस प्रणालीमा प्रविष्ट गरी दर्ता गर्ने व्यवस्था गरेको छ । एमडीएमएस प्रणाली अनधिकृतरुपमा मोबाइल फोनहरु प्रयोगमा नियन्त्रण गर्ने प्रविधि होे ।

यसअघि पुस १५ गतेदेखि प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि एमडीएमएस लागू गर्ने तयारी गरेको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा कार्यान्वयनमा ल्याइएको थिएन । अहिले भने वैशाख २६ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि प्राधिकरणले कार्यान्वयनमा ल्याएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया