Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकनेक्ट आईपीएसको अफर

कनेक्ट आईपीएसको अफर


काठमाडौं । कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेन्ड’ अफर सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत ग्राहकले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टार हुन रिफर गर्नेले बैंक खातामा २५ रुपैयाँ कनेक्ट गर्नेले मोबाइल टप–अपमा २५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यो अफरको फाइदा लिन रिफररले रिफरल कोड उपलब्ध गराउनु पर्छ । यो अफर १ जेठदेखि ३१ असारसम्म लागू हुने कम्पनीले जनाएकोे छ । रिफरीले कनेक्ट आईपीएसमा नयाँ युजर रजिष्टार गर्दा उक्त रिफरल कोड दाखिला गरी एक पटक आफ्नो मोबाइल नम्बर र इमेल आईडी भेरिफाइ गर्नुपर्छ । यसपछि मात्रै रिफरर र रिफरीले अफर रकम प्राप्त गर्न सक्नेछन् ।

कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार २० लाख रूपैयाँसम्म र मोबाइल एपमार्फत प्रतिकारोबार दुई लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ । यस्तै मोबाइल रिचार्ज, बिजुली, टेलिफोन, इन्टरनेटलगायतको बिल भुक्तानी, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक जरिवाना, सेयर कारोबार, नेपाल–पे क्यूआरमा सजिलै भुक्तानी गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया