दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न
काठमाडौं । दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ । नेपाल पोस्टग्रे एसक्यूएल युजर ग्रुप (एनपी पग)ले दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स आयोजना गरेको हो । कन्फेरेन्स वैशाख २६ देखि २९ गतेसम्म काभ्रेको धुलीखेलमा सम्पन्न भएको आयोजकले जनाएको छ । कन्फेरेन्स काठमाडौं विश्वविद्यालयमा सञ्चालन भएको थियो ।
सन् २०१८ को एसक्यूएल कन्फेरेन्स सफल भएपछि संस्थाले दोस्रो पटक पनि आयोजना गरेको हो । कन्फेरेन्समा पोस्टग्रे एसक्यूएल युजर ग्रुप कम्युनिटीका लोकप्रिय व्यक्ति र अरु स्थानीय वक्ताहरूसँग छलफल गरिएको थियो । चार दिनसम्म चलेको उक्त कन्फेरेन्समा फरक–फरक क्षेत्रका व्यक्तिहरू सहभागी थिए । खासगरी औद्योगिक, सरकारी, एकेडेमिक आदि क्षेत्रका व्यक्तिहरू कार्यक्रममा सहभागी भएको आयोजकले जनाएको छ । कन्फेरेन्सभन्दा अघि दुई दिनको प्रि कन्फेरेन्स ट्रेनिङ सेसन आयोजना गरिएको थियो । वैशाख २६ र २७ मा शिक्षा, उद्योग, सरकारी र गैरसरकारी क्षेत्रहरूबाट करिब ३५ जनाले प्रशिक्षण लिएका थिए । यस वर्ष रूस, अमेरिका, भारत र पाकिस्तानलगायत आठ देशका अन्तर्राष्ट्रिय वक्ताहरू उपस्थित भएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया