‘इन्ड्या एन्ड फाबले’को पहिलो आउटलेट लबिम मलमा
काठमाडौं । भारतको लोकप्रिय हाइ स्ट्रिट ब्रान्ड ‘इन्ड्या एन्ड फाबले’ले ललितपुरस्थित लबिम मलमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ । वैशाख १७ गतेदेखि सञ्चालमा आएको फाबले एक एथनो फ्युजन ब्रान्ड हो । यो आउटलेटमा विभिन्न प्रकारका पश्चिमी लुगा र आधुनिक जातीय पहिरन पाइन्छ । लबिम मलमा खुलेको यो आउटलेट नेपालकै दोस्रो स्टोर हो ।
फाबलेको पहिलो स्टोर यसअघि पोखरामा सञ्चालनमा आइसकेको छ । बुधबारदेखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन हाइ स्ट्रिट एसेन्सियलका वरिष्ठ उपाध्यक्ष र रिटेल अपरेसन प्रमुख अतुल चच्राले गरेका थिए । चच्राले हाइ स्ट्रिट ब्रान्डलाई नेपालमा प्रस्तुत गर्न पाएकोमा आफू निकै उत्साहित भएको जनाए । यस्तै, आगामी दिनमा ब्रान्डको थप वृद्धि हुनेप्रति आफू विश्वस्त रहेको उनले बताए । उनले नेपालका लागि यस ब्रान्डको आधिकारिक बिक्रेता पोखरास्थित ग्लो इन्टरनेसनल एक्सपोर्ट इम्पोर्ट प्राइभेट लिमिटेड कम्पनी रहेको जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया