Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली स्मार्टवाच ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक

नेपाली स्मार्टवाच ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक


काठमाडौं । अल्टिमा लाइफस्टाइलले आफ्नो नवरचनात्मक उत्पादन ‘अल्टिमा वाच म्याजिक’ बजारमा सार्वजनिक गरेको छ । यो अत्याधुनिक स्मार्ट वाचमा आकर्षक मूल्य र उत्कृष्ट विशेषताहरूको उत्तम संयोजन रहेको कम्पनीको दाबी छ । अल्टिमा वाच म्याजिक तीन हजार पाँच सय ९९ रुपैयाँमा दुवै अनलाइन र अफलाइन खरिदका लागि उपलब्ध छ ।

कम्पनीका अनुसार अल्टिमा वाच म्याजिकमा १.८३ इन्चीको समेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले रहेको छ । यसमा उच्च प्रविधिको स्वास्थ्य जाच्ने क्षमता साथै पातलो र आरामदायक प्रिमियम सिलिकन स्ट्याप (ब्याण्ड) पनि जडित छ, जसले गर्दा दिनभर आरामले घडी लगाउन सकिनेछ । यो स्मार्टवाच निर्वाध रूपमा सजिलै अल्टिमा स्मार्ट आपसँग कनेक्ट हुन्छ । यति मात्र नभई यो स्मार्ट वाच आईपी६८ पानी प्रतिरोधक छ भने यसमा ११० भन्दा बढी स्पोर्ट्स मोडहरू, अटो स्लिप, र बल्ड अक्सिजन ट्र्याकिङ प्रविधि पनि रहेको छ । यी प्रभावशाली सुविधाहरूको सूचीमा अल्टिमा वाच म्याजिकले यो मूल्यखण्डमै पहिलो पटक १.८३” डिस्प्ले सहितको बीटी कलिंग (ब्लु–तूथ) विशेषता पनि समावेश गरेको छ ।

कम्पनीको परिकल्पना हरेक नेपालीहरूमा टेक्नोलोजी प्रयोग गरी स्वस्थ र खुसी जीवन सम्भव तुल्याउन सकोस् भन्ने रहेको छ । यही परिकल्पनालाई प्रवद्र्धन गर्नका लागि अल्टिमा लाइफस्टाइलले हालसालै स्वस्तिमा खड्कालाई आफ्नो कम्पनीको उत्पादनको ब्राण्ड एम्बास्डर घोषणा गरेको थियो । स्वस्तिमाको युवा जोस र सक्रिय जीवनशैली ब्रान्डको आदर्श अनुरूप मेल खान्छ, जसले गर्दा उनी कम्पनीको परिकल्पना प्रवद्र्धन गर्न सही छनोट हुन पुगेको कम्पनीको भनाइ छ । नयाँ प्रविधिको प्रयोग, इन्जिनियरिङ नवीनता र किफायती मूल्य निर्धारण गरी अल्टिमाको लक्ष्य व्यापक ग्राहकहरूको विविध रुचि र शैलीमाझ आफ्नो पहुँच बिस्तार गर्ने रहेको कम्पनीको भनाइ छ । यसको उल्लेखनीय सुविधाहरू र किफायती मूल्य निर्धारणले स्मार्टवाचको बजारलाई पुनः परिभाषित गर्नेछ ।

अल्टिमा वाच म्याजिकसहित अल्टिमा लाइफस्टाइलका उत्पादनहरू लोकप्रिय अनलाइन प्लेटफार्महरू दराज र नेपालभरका अफलाइन स्टोरहरूमा उपलब्ध छन् । विशिष्ट ग्राहक सेवाप्रति ब्रान्डको प्रतिबद्धतालाई हालै सम्पन्न ‘दराज सेलरस मिट’ मा ’द फास्टेस्ट डेलिभरी अवार्ड’ बाट सम्मानित गरिएको थियो । जसमा ७०० भन्दा बढी ब्रान्ड र बिक्रेताहरुको सहभागिता थियो । अल्टिमा वाच म्याजिक आधिकारिक रूपमा जेठ ४ गतेदेखि बजारमा उपलब्ध हुनेछ । वाच म्याजिकको पहिले नै बजार मूल्य तीन हजार पाँच सय ९९ रुपैयाँ तय भएपनि अल्टिमाले दराजका पहिलो १०० ग्राहकहरू र हुकुटका पहिलो ५० ग्राहकहरूका लागि विशेष परिचयात्मक मूल्य दुई हजार नौ सय ९९ रुपैयाँमा वाच म्याजिक उपलब्ध गराउने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया