लघु, घरेलु तथा साना उद्योगका उत्पादनको बजारीकरणकम जोड
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले अर्थतन्त्रको जग माथि उठाउन लघु, घरेलु तथा साना उद्योगका स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउनुपर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले पर्यटन उद्योग र लघु, घरेलु तथा साना उद्योगलाई जोडेर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन् ।
पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको भन्दै उनले यसको प्रवद्र्धनका लागि घरेलु उद्योगलाई पनि सँगै जोडेर लैजानुपर्ने आवश्यकता औंल्याए । यस्तै, उनले महासंघले आगामी मङ्सिरमा गर्न लागेको ‘सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रवद्र्धन कार्यक्रम–२०८०’ लाई मन्त्रालयको तर्फबाट सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
सो अवसरमा नेपाल प्रबर्द्धन कार्यक्रमको कार्यान्वयन मोडालिटीको बारेमा पनि छलफल भएको थियो । महासंघले हरेक वर्ष आयोजना गर्ने गरेको औद्योगिक प्रदर्शनीको आगामी शृङ्खला ‘नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा घरेलुु उद्योग महोत्सव–२०८०’ यसवर्ष ‘सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रवर्द्धन कार्यक्रम–२०८०’ को नामबाट गर्न लागेको छ ।
नेपाल सरकारसँगको सहकार्यमा नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघ मिलेर आगामी मङ्सिर महिनामा उक्त कार्यक्रम आयोजना गर्न लागेको महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव प्रसाद कट्टेल, महासंघका उपाध्यक्ष हरिहर थापालगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया