हुवाबेको नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक
काठमाडौं । मोबाइल कम्पनी हुवाबेले नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ । उपत्यकामा एक कार्यक्रम आयोजना गरी कम्पनीले आफ्ना साझेदारहरूबीच २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको हो । हुवाबेका डेभलपमेन्ट पार्टनर जितेन्द्रकुमार शर्माले कार्यक्रममा गो क्लाउड र ग्रो क्लाउड फ्रेमवर्क सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा नेपालका लागि हुवाबेका क्लाउड पार्टनरहरू प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वल्र्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागिता रहेको थियो । गो क्लाउड र ग्रो क्लाउड फ्रेमवर्कले पुनर्विक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई लगानीको दायरा फराकिलो पारेको छ । हुवाबेको ग्रो क्लाउड योजनामा स्ट्यान्डर्ड, एड्भान्स्ड, प्रिमियम र स्ट्र्याटिजिक गरी चारवटा प्याकेजहरू रहेका छन् । नयाँ प्याकेजले मार्केटिङ डेभलपमेन्ट फन्ड, हुवाबे क्लाउड प्रयोग गरेबापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री बिस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रमसहित पाँच थप फाइदाहरू पनि प्रदान गर्नेछ ।
यी कार्यक्रमहरूको प्रमुख उद्देश्य साझेदारहरूको व्यावसायिक क्षमताहरूको पहिचान र विकास गर्ने रहेको कम्पनीले जनाएको छ । यस्तै, हुवाबेको क्लाउडमा आधारित प्रयोगहरूको विकास गर्ने, सफ्टवेयर समाधानहरूलाई सुदृढीकरण गर्ने, अवस्थित डाटाहरूलाई हुवाबे क्लाउडमा स्थानान्तरण गर्ने र यससँग संयुक्त मार्केटिङ सञ्चालन गर्नु रहेको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया