Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगौतमबुद्ध विमानस्थलमा निगमले जेठ २९ गतेदेखि नियमित उडान भर्ने

गौतमबुद्ध विमानस्थलमा निगमले जेठ २९ गतेदेखि नियमित उडान भर्ने


काठमाडौं । नेपाल वायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । निगमले काठमाडौं– क्वालालम्पुर– भैरहवा– काठमाडौं सेक्टरमा उडान गर्नेगरी टिकट बुकिङ्ग समेत खुला गरेको छ ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै मलेसिया–भैरहवाका लागि १२ हजार सात सय रुपैयाँ र मलेसिया–भैरहवा–काठमाडौँका लागि १४ हजार सात सय २० रुपैयाँमा उडान भर्न सकिनेगरी नयाँ भाडादर समेत सार्वजनिक गरेको छ । हालका लागि निगमले सो विमानस्थलबाट हप्तामा एउटा मात्रै उडान भर्नेछ । यात्रुको मागअनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया